site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आप्रवासी नियन्त्रण गर्न अमेरिकाले ३१ करोड डलर सहयोग गर्ने
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकाले मध्य अमेरिकाको आप्रवासी समस्या समाधान गर्न ती देशहरुलाई ३१ करोड अमेरिकी डलर दिने जनाएको छ ।

सोमबार ग्वाटेमालाका राष्ट्रपति अलेजान्द्रो गियामाटेईसँग भएको भर्चुअल बैठकमा ह्यारिसले मानवीय सहायताका लागि मध्य अमेरिकी देशहरुलाई ३१ करोड अमेरिकी डलर दिने प्रतिबद्धता जनाएकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मध्य अमेरिकी देशबाट आप्रवासीहरु अमेरिका छिर्नेक्रम बढेपछि यो समस्या समाधानका विषयमा उनले गियामाटेईसँग सोमबार वार्ता गरेकी हुन् । ग्वाटेमाला, होन्डुरस र अल सल्वाडोरबाट बर्सेनि लाखौँ आप्रवासीहरु अमेरिका छिर्ने गरेका छन् । ह्यारिसले आगामी जुनमा मध्य अमेरिकाको भ्रमणसमेत गर्ने अलजजिराले जनाएको छ ।

आपराधिक संगठनले आप्रवासी समस्या बढाएको निष्कर्ष निकाल्दै उनीहरुले यस्ता संगठनविरुद्ध कारबाही गर्न दुई देशले साझेदारी गर्ने सहमति भएको बैठकपछि विज्ञप्ति जारी गर्दै ह्यारिसको कार्यालयले जनाएको छ ।

Global Ime bank

सहयोगमध्ये १२ करोड ५० लाख डलर खडेरी, खाद्यान्न अभाव र कोभिड–१९ महामारीसँग जुध्नका लागि छुट्ट्याइने ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति जो बाइडेनले आप्रवासी समस्या समाधानका लागि संसद्सँग ८६ करोड १० लाख डलर बजेट मागसमेत गरिसकेका छन् ।

मार्चमा मात्र अमेरिकाको दक्षिणी सीमा क्षेत्रबाट एक लाख ७२ हजारभन्दा बढी गैरकानुनी आप्रवासीहरु पक्राउ परेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC