site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दिल्लीमा लकडाउन अवधि बढाइयो
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतको नयाँदिल्लीमा लगाइएको लकडाउन थप एक साताका लागि बढाइएको छ । कोरोनाभाइरस संक्रमित बढ्ने क्रम नरोकिएपछि आइतबार दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले एक हप्ताका लागि लकडाउन बढाउने घोषणा गरेका हुन् ।

“सहरमा अझै कोरोनाको विनाश जारी छ,” मुख्यमन्त्री केजरीवालले भने, “जनता लकडाउन बढाउनुपर्ने पक्षमा छन् । त्यसैले एक साताको लागि लकडाउनको समय बढाइएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

दिल्लीमा कोरोना संक्रमणको दर करिब ३७ प्रतिशत पुगेको छ । केही स्थानमा अक्सिजन आपूर्ति गर्न नसकिएको स्वीकार गर्दै केजरीवालले केही दिनभित्रै अवस्था नियन्त्रणमा आउने दाबी गरे ।

दिल्लीमा दैनिक ७०० टन अक्सिजन आवश्यक पर्ने भए पनि अधिकतम ३३५ टन मात्र उपलब्ध भएको बताइएको छ । गत साताको सोमबार एक हप्ताका लागि गरिएको लकडाउन कोरोना संक्रमण नियन्त्रणमा नआएपछि पुनः एक साता थप गरिएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC