site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘टिकटकले लाखौँ बालबालिकाको व्यक्तिगत विवरण सङ्कलन गरिरहेको छ’
तस्बिर : राेयटर्स
Sarbottam CementSarbottam Cement

लण्डन । टिकटकमाथि अवैध रूपमा लाखौँ युरोपेली बालबालिकाको व्यक्तिगत विवरण सङ्कलन गरेको आरोप लागेको छ । बेलायतका लागि बाल आयुक्त एनी लङफिल्डले तेस्रो पक्षको फाइदाका लागि बाइट डान्स कम्पनीले टिकटकमार्फत् निजी डाटा संकलन गरेको आरोप लगाएकी हुन् ।

“बालबालिका र अभिभावकलाई आफ्ना बालबालिकाको फोन नम्बर, भौतिक ठेगाना र भिडियो जस्ता निजी जानकारीहरू अवैधानिक रूपमा संकलन भइरहेको जान्न पाउने अधिकार छ,” लङफिल्डले भनिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०१८ मे २५ देखि टिकटक प्रयोग गरेका बालबालिकाको निजी जानकारीहरू टिकटकले अवैधानिक रुपमा संकलन गरेको उनको आरोप छ ।

गोपनीयता र सुरक्षा कम्पनीको उच्च प्राथमिकतामा पर्ने भन्दै टिकटकका एक प्रतिनिधिले सबै प्रयोगकर्ताको सरक्षाका लागि ठोस नीति, प्रकृया र प्रविधिको प्रयोग गरिएको दाबी गरे ।

Global Ime bank

गत वर्ष अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि राष्ट्रिय सुरक्षालाई कारण देखाउँदै टिकटक अमेरिकालाई बिक्री गर्न दबाब दिएका थिए । बालबालिका र युवा पुस्तामा निकै लोकप्रिय बनेको चिचियाँ एप टिकटकको युरोपमा मात्र झण्डै १० करोड प्रयोगकर्ता छन् ।

लङफिल्डको आरोप पुष्टि भएमा टिकटकलाई लण्डन उच्च अदालतले प्रत्येक बालबालिकालाई हजारौँ पाउण्ड क्षतिपुर्ती दिन निर्देशन दिनसक्ने बताइएको छ । अल्जजिराबाट
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC