site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजिप्टमा रेल दूर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु, ९८ जना घाइते
Sarbottam CementSarbottam Cement

कायरो । इजिप्टको कल्यूबिया प्रान्तमा रेल दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । राजधानी कायरोबाट नाइल डेल्टा शहर जाने क्रममा भएको उक्त दुर्घटनामा अन्य ९८ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार करिब २ बजे कायरोबाट ४० किलोमिटर उत्तरमा पर्ने कल्यूबिया प्रान्तमा दुर्घटना भएको हो । रेलको ४ वटा डिब्बा लिकबाट बाहिरिएको इजिप्टियन नेशनल रेलवेजलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

घाइतेको उद्दारका लागि ५० भन्दा बढी एम्बुलेन्स खटाइएको थियो । उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको समाचारमा उल्लेख छ । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

इजिप्टमा यो वर्ष मात्र रेल दुर्घटनाबाट धेरैले ज्यान गुमाइसकेका छन् । यसअघि गत मार्चमा दुई वटा रेल एकआपसमा  ठोक्किँदा कम्तिमा २०  जनाको मृत्यु भएको थियो भने झण्डै २०० जना घाइते भएका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC