site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्प भन्छन्– कोभिड खोपको नाम मेरो नाममा राखिनुपर्छ !
Sarbottam CementSarbottam Cement

वासिङटन । शनिबारको एक कार्यक्रममा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ विरुद्धको खोपका लागि फेरिपनि आफूलाई श्रेय दिँदै त्यसको नाम आफ्नो नाममा राखिनुपर्ने बताएका हुन् । यहाँसम्म कि उनले सबैका सामु ‘ट्रम्पसिन’ भन्ने नामसमेत सुझाव दिएको सो त्यहाँ उपस्थित एक सीएनएन रिपोर्टरले ट्वीटर पोस्टमा लेखेका छन् । रिपब्लिकन पार्टीका डोनरहरुको उपस्थितिमा उनले यस्तो भनेका हुन् । 

यसका साथै उनले नोभेम्बरको चुनावलाई अपमानजनक शब्दमा उल्लेख गर्दै २०२२ मा रिपब्लिकन पार्टीलाई प्रतिनिधिसभा पुनः आफ्नो नियन्त्रणमा लिन मद्दत गर्ने वचन पनि दिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै उनले पूर्वउपराष्ट्रपति माइक पेन्सप्रति आफ्नो पक्ष लिन पर्याप्त बहादुरी नदेखाएको भन्दै गुनासो गरेका छन् । 

उनले भने, “मलाई उनी एकदमै मनपर्थे । तर उनले मलाई निराश पारे ।” 

Global Ime bank

ट्रम्पका अनुसार अझैपनि अधिकांश डेमोक्रेट्सहरुले उनले नै चुनाव जितेको मान्छन् तर बाहिर ठूलो आवाजमा भन्न सक्दैनन् । 

यसपछि उनले सिमाना पार गरिरहेका आप्रवासीबारे पनि टिप्पणी दिएका हुन् । तिनलाई अवैध, हिंसात्मक अपराधी भनेर बोलाएका छन् । “उनीहरुले आफ्ना सबैभन्दा राम्रा मान्छे हामीकहाँ पठाएका होइनन् । त्यहाँ हत्यारा, बलात्कारी र ड्रग डिलरहरु छन्,” उनले भने ।

२०२४ को राष्ट्रपति चुनावमा लड्ने सम्बन्धी चाहिँ ट्रम्पले कार्यक्रममा कुनै उल्लेख नगरेको बताइएको छ । 

उनी सँगै उनको प्रशासनका पूर्वराज्यसचिव माइक पोम्पेओले पनि चुनाव लड्न सक्ने बताइएको छ । उनले २०२० को चुनाव मा हारे पनि रिपब्लिकन राजनीतिमा ट्रम्पको सक्रिय भूमिका अन्य पूर्वराष्ट्रपतिहरु भन्दा धेरै फरक देखिन्छ जो चाहिँ ह्वाइटहाउसबाट बाहिरिएपछि सबैको केन्द्रबाट टाढिएका थिए ।  डेलीमेल 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  ०६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC