site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीन सरकारद्वारा अलिबाबामाथि झन्डै तीन अर्ब डलर जरिवाना
Sarbottam CementSarbottam Cement

डान मार्टिन
शांघाई । चिनियाँ नियामक निकायले ई–कमर्सको क्षेत्रमा विश्व चर्चित कम्पनी अलिबाबामाथि दुई अर्ब ७८ करोड डलर जरिवाना गरेको छ । एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि कारबाही गरेको हो ।

चीनको नियामक निकाय बजार नियमनसम्बन्धी राज्य प्रशासन (एसएएमआर)ले गत डिसेम्बरमा अलिबाबामाथि सुरु भएको अनुसन्धानका आधारमा उक्त जरिवाना गर्नुपरेको निष्कर्ष सार्वजनिक गरेको छ ।

अलिबाबाको प्लेटफर्मबाट सामान बिक्री गर्न चाहने कैयौँ व्यवसायीलाई अलिबाबाले जानाजान प्रवेश नदिएर बजारमा आफू र आफ्ना निकटका केही कम्पनीलाई मात्र पहुँच दिएको अनुसन्धानबाट भेटिएको नियामक निकायको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एसएएमआरका अनुसार सन् २०१५ देखि अलिबाबा समूहले आफूलाई अनुचित लाभ लिने गरी आफ्नो शक्तिको दुरुपयोग गरेको पाइएको छ । कम्पनीको यस्तो व्यवहारले प्रतिस्पर्धा र नवीनतालाई सीमित गरेको एवं व्यवसाय तथा उपभोक्ताको अधिकार र रुचिलाई उल्लंघन गरिदिएको नियामक निकायले जनाएको छ ।

ब्लुमबर्गका अनुसार अलिबाबामाथि गरिएको यो जरिवाना आजसम्मकै सबैभन्दा ठूलो हो । सन् २०१५ मा क्वालकममाथि झन्डै एक अर्ब डलरको जरिवाना गरिएको थियो ।

Global Ime bank

अलिबाबामाथिको उक्त जरिवाना कम्पनीले सन् २०१९ मा गरेको कुल बिक्रीको करिब ४ प्रतिशत हो । सन् २०१९ मा अलिबाबाले चार खर्ब ५६ अर्ब युआन बराबरको सामान बिक्री गरेको थियो ।

अलिबाबाले सामाजिक सञ्जालमा जरिवानाका सम्बन्धमा स्पष्ट गर्दै सरकारले लगाएको जरिवाना बुझाउन राजी भएको जनाएको छ । साथै, कम्पनीले सरकारका नियमहरु पूर्ण पालना गरी सामाजिक उत्तरदायित्व निर्वाहका साथ व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

अलिबाबा र अन्य अग्रणी चिनियाँ प्रविधि कम्पनीहरुमाथि पछिल्ला केही समयदेखि चीन सरकारले छानबिन सुरु गरेको थियो । खासगरी चीनका ठूला कम्पनीले चीन सरकारका नीति नियममाथि दबाब बढाउन थालेपछि अनुसन्धान थालिएको हो ।

आजभोलि चीनका करोडौँ नागरिक चिनियाँ प्रविधि कम्पनीहरुको प्रयोग गरिरहेका छन् । ग्राहकहरुले एकापसमा सञ्चार गर्न, सामान खरिद गर्न, बिल भुक्तानी गर्न, ट्याक्सी खोज्न, ऋण लिन एवं अन्य अनेक किसिमका दैनिक काममा यिनै विशाल प्रविधि कम्पनीहरुको प्रयोग गर्न थालेका छन् ।

तर, अलिबाबामाथि चीन सरकार निकै बढी क्रुद्ध भएको थियो । गत अक्टोबरमा अलिबाबाका सहसंस्थापक ज्याक माले चिनियाँ नियामक निकायको व्यवहारलाई लिएर आलोचना गरेपछि अलिबाबामाथिको छानबिनलाई तीव्र बनाइएको थियो । अलिबाबाले स्थापना गरेको अर्को कम्पनी एन्ट ग्रुपको सेयर जारी गर्ने प्रक्रिया चीन सरकारले अवरुद्ध गरिदिएपछि ज्याक मा बढी नै आक्रोशित भएका थिए ।

ई–कमर्स क्षेत्रका विशाल कम्पनीहरु अलिबाबा र जेडी डटकम तथा टेन्सेन्टले चिनियाँ जीवनशैलीमै निकै प्रभाव सिर्जना गरिसकेका छन् । अमेरिकी प्रतिस्पर्धी कम्पनीलाई चीनले आफ्नो बजारमा प्रवेश नदिएपछि अलिबाबासमेतका चिनियाँ कम्पनीले देशभित्रको ठूलो बजारबाट राम्रै फाइदा लिइरहेका छन् ।

चिनियाँ कम्पनीहरुले उपभोक्ताका निजी विवरण संग्रह गरेको भनेर विवाद उत्पन्न भइरहेका समयमा अमेरिकी ठूला प्रविधि कम्पनीहरु फेसबुक, गुगलमाथि पनि देशभित्र र बाहिर छानबिन र अनुसन्धान जारी छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC