site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
प्योङयोङमा ५० हजार अपार्टमेन्ट निर्माण कार्य तिव्र गर्न किमको निर्देशन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सिओल । उत्तर कोरियाका प्रमुख किम जोङ उनले यो हप्ता हाउजिङ निर्माण परियोजनाको साइटमा दोस्रोपटक भ्रमण गरेका छन् । राजधानी प्योङयोङमा ६० हजार नयाँ अपार्टमेन्ट निर्माण गर्ने भनिएको यस परियोजनालाई तिव्रताका साथ अघि बढाउन उनले फेरि पनि निर्देशन दिएको बिहीबार त्यहाँको राष्ट्रिय सञ्चारले खबर गरेको छ ।
 
जापान नजिकको समुद्री क्षेत्रमा दुईवटा नयाँ ब्यालेस्टिक मिसाइल लन्च गरेको दुई दिनपछि नै किमको ध्यान पुनः राष्ट्रिय अर्थतन्त्रतर्फ मोडिएको छ । सो रकेट लन्चले अहिले अमेरिकामा अधिक दबाब उत्पन्न गराइरहेको छ । आर्थिक संकटका कारण यसअघिका केही उल्लेखनीय परियोजनाहरु अवरुद्ध भइरहेका बेला उनले गत हप्ता प्योङयोङमा दश हजार नयाँ अपार्टमेन्टको निर्माण कार्य सुरु गराएका हुन् ।
 
उत्तर कोरियाको राष्ट्रिय सञ्चार केसिएनएका अनुसार किमले हाउजिङ निर्माणको महत्वमा विशेष जोड दिएका हुन् । नागरिकको जीवन स्तरमा सुधार ल्याउन यो समस्याको तत्काल समाधान गर्न आवश्यक रहेको पनि बताए ।
 
किमले भनेका छन्, “प्रत्येक निर्माण प्रक्रियाका लागि कडा निरीक्षण जारी गर्न जरुरी छ । यसमा निर्माणका सामग्रीहरु सबै तरिकामा माग अनुसार सहुलियतपूर्ण र गुणस्तरीय हुनुपर्दछ । सबै किसिमका दुर्घटनाबाट जोगिँदै प्रभावशाली निर्माण अनुभव सिर्जना गर्न जरुरी छ ।”
 
यसअघि किमले उत्तर कोरियाली अर्थतन्त्र विकासको पाँच वर्षे नयाँ महत्तवकांक्षी योजनाबारे घोषणा गरेका थिए । तर, उनका परियोजनाहरुले धेरै ठुल्ठूला चुनौतिको सामना गर्नुपर्ने देखिन्छ । किनकी आणविक हतियार र मिसाइल कार्यक्रमका कारण उत्तर कोरियामा अन्तर्राष्ट्रिय प्रतिबन्ध अझै जारी छ ।
यता कोभिड–१९ नियन्त्रणका लागि उत्तर कोरियाले अपनाएका उपायहरु मानव अधिकार उत्पीडन गराउने किसिमको भएको र नागरिकहरु चरम आर्थिक कठिनाइबाट गुज्रिँदा भोकमरी लगायतका घटनाबारे रिपोर्ट गरिएको संयुक्त राष्ट्र संघले बताएको छ । 
तर, अझैसम्म पनि उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण सङ्ख्याबारे आधिकारिक रिपोर्ट दिएको छैन । विज्ञहरुले यसको शून्य संक्रमण दाबीप्रति शंका जनाउँदै आएका छन् । उत्तर कोरियाको सिमाना चीन र दक्षिण कोरियासँग जोडिएको छ जहाँ धेरै कोरोनाका धेरै बिरामी छन् ।  रोयटर्स 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  ०६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC