site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
म्यानमारमा रेडक्रसका स्वयंसेवकमाथि आक्रमण  ः आईएफआरसी
तस्बिर : रोयटर्स ।
Sarbottam CementSarbottam Cement

रोयटर्स । म्यानमारमा रेडक्रसका स्वयंसेवकमाथि आक्रमण भएको इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटीज् (आईएफआरसी)ले जनाएको छ । प्रदर्शनका क्रममा हताहत भएका नागरिकको उपचार र उद्धारमा खटिएका फ्रन्टलाइनर स्वयंसेवकलाई हतोत्साही गराउन खोजिएको आईएफआरसीले जनाएको छ ।

“म्यानमार रेडक्रसका प्राथमिक उपचारकर्ता र चिकित्सकलाई धम्क्याइएको र घाइते बनाइएको छ,” आईएफआरसीका एसिया प्रशान्त क्षेत्रका निर्देशक अलेक्जेन्डर म्याथ्युले वक्तव्यमार्फत भनेका छन्, “रेडक्रसका एम्बुलेन्स र अन्य सम्पत्तिमा समेत क्षति पुर्‍याइएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

यद्यपि, आक्रमण कसले गरेको हो भन्ने वक्तव्यमा उल्लेख नगरिएको र रेडक्रसका प्रवक्ताले यस विषयमा थप प्रतिक्रिया दिन नमानेका समाचार संस्था रोयटर्सले जनाएको छ ।

सेनाले सत्ता हातमा लिएपछि बढेको मानवीय संकटका विषयमा संगठनले चिन्ता व्यक्त गरेको छ । सेनाले प्रदर्शन दमन गर्ने क्रममा हालसम्म ५०० बढी सर्वसाधारणको ज्यान गएको जनाइएको छ । म्यानमार रेडक्रस सोसाइटीले दुई हजारभन्दा बढीको उपचार गरेको जनाएको छ ।

Global Ime bank

सामाजिक सञ्जालमा छाएका भिडियोहरुमा सुरक्षाकर्मीले उपचारकर्मीहरुमाथि हातपात गरेको र एउटा एम्बुलेन्समा गोली हानेको देखिएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC