site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बेलायतका राजकुमार ह्यारीले अमेरिकामा काम गर्ने 
Sarbottam CementSarbottam Cement

बीबीसी । बेलायती राजकुमार ह्यारीले अब अमेरिकी मानसिक स्वास्थ्य फर्म, ‘बेटर अप’ मा ‘चिफ इम्प्याक्ट अफिसर’ का रुपमा काम गर्ने भएका छन् । यस सम्बन्धी जानकारी दिँदै ह्यारीले यो नयाँ भूमिकाका लागि अत्यन्तै उत्साहित रहेको बताएका हुन् । उनको काम गर्ने समय अनि पारिश्रमिकबारे भने विस्तृत जानकारी दिइएको छैन । 

गत वर्ष राजपरिवारको सदस्यका भूमिकाबाट पछि हटेका ह्यारी र उनकी पत्नी मेगान अहिले अमेरिकामा बसिरहेका छन् । र आर्थिक रुपमा पनि स्वतन्त्र हुन लागिपर्ने यसअघिको अन्र्तवार्तामा खुलासा गरेका थिए । केही समय अगाडि उनीहरुले नेट्फ्लिक्ससँग विभिन्न कार्यक्रमका लागि लाखौँ डलरको सम्झौता गरेको खबरमा आएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

ह्यारीका अनुसार यो नयाँ काममा उनले मानसिक स्वास्थ्य सम्बन्धी गम्भीर संवादहरु उठाउनेछन् र संवेदनशील विषयमा इमान्दरपूर्वक कुरा गर्नमा समर्थन जनाउनेछन् । समाचार एजेन्सी वाल स्ट्रि जर्नलका अनुसार ह्यारीले अन्य कर्मचारीहरुको व्यवस्थापन गर्नुपर्ने छैन तर सुरक्षित पुष्टि भएपछि कम्पनीको हेडक्वाटरमै रहेर काम गर्नेछन् । 

कम्पनीको पहिलो चिफ इम्प्याक्ट अफिसरका रुपमा ह्यारीले उत्पादन रणनीति सम्बन्धी निर्णय लिनेछन् भने च्यारिटीमा पनि योगदान पुर्याउनेछन् र सार्वजानिक रुपमा मानिसक स्वास्थ्यको विषयमा वकालत गर्नेछन् । 

Global Ime bank

कर्पोरेटको दुनियाँमा चिफ इम्प्याक्ट अफिसरको पदलाई अत्यन्तै दुर्लभ मानिन्छ । २०१३ मा स्थापना भएको ‘बेटरअप’ ले मोबाइलमा आधारित रहेर प्रोफेसनल प्रशिक्षण, परामर्श र सल्लाह दिने गर्दछ । यसले ६६ मुलुकमा ४९ भाषामा सेवा प्रदान गरिरहेको छ जसका लागि २ हजार भन्दा धेरै प्रशिक्षकहरु छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC