विदेश
वासिङ्टन । विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाका उत्पादनहरु खरिद गर्न अब क्रिप्टोकरेन्सी बिटक्वाइन प्रयोग गर्न सकिने भएको छ । कम्पनीका सीईओ एलन मस्कले बुधबार एक ट्विट गर्दै बिटक्वाइनमार्फत टेस्लाले उत्पादन गरेका सवारी–साधन किन्न सकिने घोषणा गरेका हुन् ।
हाल अमेरिकामा मात्र दिइने यो सुविधालाई यस वर्षको अन्त्यसम्ममा अन्य देशहरुमा पनि विस्तार गर्ने योजना रहेको उनले बताएका छन् ।
गत महिना मात्र टेस्लाले १.५ बिलियन डलर बराबरको बिटक्वाइन खरिद गरेको थियो । कार बिक्री गरेबापत प्राप्त बिटक्वाइनलाई वास्तविक मुद्राका रुपमा सटही नगर्ने पनि मस्कले जनाएका समाचार संस्था रोयटर्सले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७ १५:०८
प्रतिक्रिया दिनुहोस्