site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी प्रस्ताव अस्वीकार गर्दै तालिवानसमक्ष राष्ट्रपति घानीको नयाँ प्रस्ताव 
Sarbottam CementSarbottam Cement

काबुल । अफगानी राष्ट्रपति असरफ घानीले तालिवानसँग ६ महिनाभित्र निर्वाचन गराउने प्रस्ताव गर्ने भएका छन् । वर्तमान सरकार हटाएर अन्तरिम सरकार बनाउने अमेरिकी प्रस्तावको ‘काउन्टर’मा राष्ट्रपति घानीले यस्तो प्रस्ताव गर्न लागेका यहाँका सरकारी अधिकारीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

आफ्नो निर्वाचित सरकारलाई हटाएर अन्तरिम सरकार गठन गर्ने अमेरिकाको प्रस्तावमा असहत घानीले तालिवानलाई नयाँ प्रस्ताव गर्न लागेका हुन् । आगामी महिना टर्कीमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्ताव सार्वजनिक गरिने समाचारमा जनाइएको छ ।
“युद्धविराम गर्न तालिवान सहमत भएमा इस्तानबुलमा हुने सम्मेलनमा समयअगाबै राष्ट्रपतीय निर्वाचन गर्ने घोषणा हुनेछ,”  नाम गोप्य राख्ने शर्तमा ती अधिकारीले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

“पदबाट हट्ने प्रस्तावमा राष्ट्रपति कहिले पनि सहमत हुने छैनन्”, अर्का एक अधिकारीले भने, “भावी सरकारलाई उनले राजनीतिक सम्झौताको विषय बनाउने छैनन्, प्रजातान्त्रिक प्रकृयाबाट चुनिनुपर्नेछ ।”

अमेरिकी विशेषदूत जाल्मे खलिजादले घानीको सरकारलाई हटाएर अन्तरिम सरकार गठन गर्ने बताउँदै आएका छन् ।  

तालिवानसँग गरेको सम्झौताअनुसार सेना फिर्ता गर्ने र अन्तरिम सरकार गठन गर्ने विषयमा अमेरिकाले क्षेत्रीय शक्तिहरुको सहयोगको अपेक्षा गरेको छ । तर अफगानी राष्ट्रपति घानीको सहयोगबिना यस्तो कदम चाल्न नसकिने विज्ञहरुले प्रतिक्रिया दिएका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  ०५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC