site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
तेस्रो लहरको कोरोना संक्रमण फैलने डरले पेरिसमा एक महिना लकडाउन
Sarbottam CementSarbottam Cement

बीबीसी । तेस्रो लहरको कोरोना संक्रमणको खतरा बढेपछि फ्रान्सको राजधानी पेरिस एक महिनाका लागि लकडाउनमा जाने भएको छ । २ करोड १० लाख मानिसहरु बसोबास गर्ने १६ क्षेत्रमा शुक्रबार मध्यरात देखि यो लकडाउन कार्यन्वयन हुने बताइएको छ । 

तर अहिलेका नियमहरु यसअघिका लकडाउनमा जति कडा नहुने प्रधानमन्त्री जिन केसटेक्सले बताएका हुन् । पछिल्लो २४ घण्टामा फ्रान्समा ३५ हजार भन्दा धेरै नयाँ संक्रमितहरु थपिएका छन् । यस्तोमा प्रधानमन्त्री जिनले रोयटर्ससँग कुरा गर्दै अहिलेको फैलावटलाई नियन्त्रण बाहिर जान नदिने आफूहरुको जिम्मेवारी भएको बताएका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

यसमा पनि विशेषगरी पेरिसमा अवस्था चिन्ताजनक भएको बताइएको छ जहाँ इन्टेसिभ केयरमा १२,०० जनालाई राखिएको छ ।

गम्भीर बिरामीहरुको यो सङ्ख्या नोभेम्बरको दोस्रो लहर भन्दा धेरै भएको स्वास्थ्य मन्त्री ओलिभिअर भेरानले बताए । यता गर्मीयाम सुरु भएपछि पर्यटकहरुको चहलपहल बढ्ने अपेक्षा गरिरहेका पेरिस क्षेत्रका व्यवसायीहरुमा यसले अधिक नोक्सान पुर्याउनेबारे भने चिन्ता व्यक्त गरिएको छ । 

Global Ime bank

नयाँ लकडाउन अन्र्तगत अतिआवश्यक बाहेकका सबै कामकाज बन्द गर्न लगाइनेछ तर स्कुलहरु चाहिँ खुला रहने भनिएको छ । मानिसहरुलाई आफ्नो घरको १० किलोमिटरसम्म एक्सरसाइज गर्न दिइनेछ तर देशका अन्य भूभागमा बिना कुनै विशेष कारण भ्रमण गर्न अनुमति छैन । त्यस्तै प्रभावित क्षेत्रका मानिसहरुले चाहिँ घर छाड्नु परेमा यसको कारण बताउँदै आवेदन फारम भर्नुपर्ने हुन्छ । 

फ्रान्सको देशव्यापी कफ्र्यु भने यथावत रहने बताइएको छ । अबबाट बिहान ७ बजेदेखि सो कफ्र्यु हट्नेछ । 

खोप अभियानमा कमजोर देखिएकाप्रति फ्रान्स सरकार आलोचित भइरहेका बेलामा लकडाउनबारे नयाँ घोषणा गरिएको हो ।

यसअघि युरोपेली मुलुकहरुमा एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या देखिएका विभिन्न रिपोर्ट आएका थिए जसपछि फ्रान्स सहित धेरै देशहरुले यसको प्रयोगमा रोक लगाएका हुन् । तर युरोपेली निरीक्षक इएमएले थप रिसर्चपछि यसलाई पूर्ण सुरक्षित घोषणा गरेको छ । यस्तोमा शुक्रबारदेखि नै फ्रान्स्मा पनि देशभर एस्ट्राजेनेका खोपको प्रयोग पुनः सुचारु गरिने मन्त्री जिनले बताए । यसमा कुनै समस्या छैन भन्ने पुष्टि गर्न उनी आफैँले पहिले खोप लगाउने पनि जिनले बताएका हुन् । हालै गरिएको एक सर्वेक्षणमा चाहिँ फ्रान्सका २० प्रतिशत नागरिकले मात्र यस खोपलाई विश्वसनीय मान्ने गरेको पत्ता लागेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  ०५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC