site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दुबईकी राजकुमारीलाई आफ्नै बाबुले बन्दी बनाएर राखेको खुलासा 
Sarbottam CementSarbottam Cement

बीबीसी । सन् २०१८ मा विदेश भाग्ने प्रयास गरेकी दुबईका अर्बपति शासककी छोरीको गोप्य रेकर्डिङ बाहिरिँदा व्यापक चर्चा सुरु भएको छ । सो भिडियोमा उनले आफू एक भिल्लामा जेल समान थुनिएर बस्नुपरेको र मेडिकल आवश्यकताहरुको समेत कुनै पहुँच नभएको बताएकी छन् ।

शेख लतिफा युएईका उपराष्ट्रपति एवम् दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तोमकी छोरी हुन् । यसअघि, उनी २०१८ को मार्चमा सार्वजानिक रूपमा देखा परेकी थिइन् । त्यति बेला उनी पानीजहाजबाट भाग्न खोजिरहेकी थिइन् । तर, एमिरती सुरक्षा बलले त्यहाँ छापा मारी उनलाई फेरि दुबई फर्काइदिएको उनलाई भाग्नमा मद्दत गर्ने दुई व्यक्तिले बताएका थिए । त्यो यूएईबाट बाहिरिने उनको दोस्रो प्रयास थियो । त्यसअघि, उनी २००२ मा किशोरी हुँदा पनि विदेश पलायन हुने कोसिस गरेकी थिइन् ।

बीबीसी प्यारानोमाले प्राप्त गरेको केही महिनाअघिको उनको भिडियो मंगलबार राति प्रशारित ‘द मिसिङ प्रिन्सेस’ भन्ने डकुमेन्ट्रीमा देखाइएपछि नै अचानक उनी फेरि चर्चामा आएकी हुन् । जसमा राजकुमारी लतिफाले भनेकी छन्, “मलाई यहाँ बन्दी बनाएर राखिएको छ । यो भिल्ला अहिले जेलमा परिणत भएको छ । सबै झ्यालहरु बन्द गरिएको छ र म एक्लै छु । यहाँ कुनै मेकिडल मद्दत छैन । कुनै ट्रायल छैन । कुनै अभियोग छैन । केही पनि छैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले सो भिडियो आफ्नो मोबाइल फोनमा बाथरुमभित्रबाट गोप्य रूपमा खिचेको बीबीसीले जनाएको छ । उक्त प्रसारणका अनुसार दुबई फर्काइएको एक वर्षपछि उनी एक व्यक्तिको मद्दतले आफ्नी साथी टिना जुहेइनेनसँग सम्पर्कमा रहनसकेकी हुन् । त्यसपछि टिनाले नै लतिफालाई मोबाइल फोन दिलाएकी थिइन् । जसमार्फत उनले बाथरुमबाट गोप्य रूपमा आफ्नो जेलसमान जीवनको व्याख्या गर्दै भिडियो खिचेको बीबीसीको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

त्यसमा भनिएको छ, “बीबीसी प्यारानोमाले स्वतन्त्र रूपमा लतिफाको अवस्थाबारे सुनिश्चित गरेको थियो । उनलाई ३० जना प्रहरीले गार्ड गरिरहेका थिए र उनको लोकेसन समुद्र किनारबाट केही मिटरको दूरीमा थियो । तर, उनी अझै त्यहीँ छन् भन्ने पक्का छैन ।”

Global Ime bank

डकुमेन्ट्रीको अर्को भिडियोमा उनले भनेकी छन्, “म हरेक दिन यहाँ आफ्नो सुरक्षालाई लिएर चिन्तामा बाँचिरहेकी छु । प्रहरीहरुले मलाई धम्की दिने गरेका छन् कि अब मैले कहिल्यै सूर्यको प्रकाश देख्न पाउने छैन । म यहाँ सुरक्षित छुइनँ ।”

उनकी साथी टिनाले पनि डकुमेन्ट्रीमा आफ्नो कुरा राख्दै लतिफाका लागि एकदमै चिन्तित भएको बताएकी छन् । उनले भनेकी छन्, “लतिफा एकदम पहेँली भएकी छन् । उनले महिनौँदेखि घाम देखेकी छैनन् । उनी केबल आफ्नो कोठाबाट किचन र त्यहाँबाट फेरि आफ्नो कोठामा मात्र फर्कन पाउँछिन् ।”

२०१८ मा लतिफाको भाग्ने प्रयास असफसल भएपछि त्यही वर्ष डिसेम्बरमा लतिफालाई संयुक्त राष्ट्रसंघको मानवअधिकारका कमिसनर मेरी रोबिन्सनले उनलाई भेटेकी थिइन् । आयरल्यान्डकी पूर्वराष्ट्रपति रोबिन्सनसँगको उनको तस्बिर पनि सार्वजानिक भएको थियो । तर, पछि रोबिन्सनले भाग्न खोजेकामा लतिफाले पछुतो जनाएको भनेर उल्लेख गरेपछि मानवअधिकारवादी अभियन्ताहरुबाट उनी आलोचित भएकी थिइन् । खबरका अनुसार रोबिन्सन त्यातिबेला शासक परिवारकै अनुरोधमा लतिफालाई भेट्न गएकी थिइन् ।

यता, दुबई सरकार र यूएईले भने लतिफाको अहिलेको अवस्थाबारे कुनै प्रतिक्रिया जनाएको छैन । उनीहरुले सधैँ राजकुमारी आफ्नो परिवारका साथमा तिनको माया र रेखदेख पाएर बसिरहेको बताउँदै आएका छन् । यो भिडियो सार्वजनिक भएपछि विश्वभरबाट यसबारे अनुसन्धान गर्न भनेर संयुक्त राष्ट्रसंघसमक्ष अपिल भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC