site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजिप्टमा फेला पर्‍यो पाँच हजार वर्ष पुरानो ‘बियर भट्टी’ 
Sarbottam CementSarbottam Cement

बीबीसी । पुरातत्वविद्हरूले विश्वकै सबैभन्दा पुरानो बियर भट्टी फेला पारेका छन् । यो पाँच हजार वर्षअगाडिको भएको बताइएको छ । इजिप्सियन-अमेरिकन संयुक्त टोलीले मरुभूमिमा रहेको प्राचीन चिहानको मैदानमा यसको खोज गरेका हुन् ।

यसमा उनीहरूले बियर बनाउन अन्न र पानी मिसाइ तताउने ४० वटा भाँडा भेटाएका छन् । यो भट्टी राजा नरमरको पालाको भएको पुरातन वस्तुहरूको सर्वोच्च परिषद्‌ले जानकारी दिएको छ । परिषद्‌का अनुसार यो, ठूलो स्तरमा उत्पादन गरिने विश्वकै सबैभन्दा पुरानो बियर भट्टी हो ।

Prabhu Bank
Agni Group
NIC Asia

राजा नरमरले पाँच हजार वर्षअगाडि शासन गरेका थिए र इजिप्टलाई एकीकृत गर्ने काम पनि उनैले गरेको विश्वास गरिन्छ ।

यसमा झन्डै २० मिटर लामो आठवटा ठूला ठाउँ छन् जसमा प्रत्येकमा ४० वटा माटाका भाँडा दुईवटा लाइनमा राखिएको देख्न सकिन्छ । यस खोजका सह-प्रमुख म्याथ्यु एडम्सका अनुसार सो ठाउँ विशेष रुपमा चिहानघरमा हुने राजपरिवारको रितिरिवाजमा बियर आपूर्ति गर्न निर्माण गरिएको हुन सक्छ । त्यो समयमा यहाँ अत्यन्तै ठूलो स्तरमा, झन्डै २२ हजार चार सय लिटर बियर उत्पादन गर्ने गरिएको खोजकर्ताहरूको अनुमान छ । यसको उत्खननका क्रममा बलि संस्कृतिमा बियरको प्रयोग हुने गरेको प्रमाण फेला पारिएको थियो ।

Global Ime bank

एबिडोस ठाउँ प्राचीन इजिप्टको सबैभन्दा पुरानो सहरमध्येको एक हो जसमा थुप्रै घर, चिहान अनि मन्दिर छन् । अघिल्लो महिनामा मात्र एलेक्जेन्ड्रियाले त्यहाँ दुई हजार वर्षअगाडिका धेरै ‘मम्मी’हरू भेटाएका थिए जसको मुखभित्र सुनको जिब्रो थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC