site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कोलम्बो । श्रीलङ्कामा मनसुन पूर्वको भीषण वर्षातपछिको बाढी र पहिरोमा परेका व्यक्तिको उद्धारकार्यको लागि हजारौँ सैनिक तैनाथ गरिएको छ । 

एक दशकयताको भीषण बाढीको रुपमा आएको यस प्रकोपपछि अन्यन्त प्रभावित द्विपबाट विस्थापित भएका करिब पाँच सर्वसाधारणको लागि उद्धार साम्रगी आपूर्तिको लागि ती हजारौा सैनिक तैनाथ गरिएको हो । 

श्रीलङ्कामा आएको यस भीषण बाढीपहिरोमा परी हालसम्म १६९ व्यक्तिको मृत्यु भइसकेको छ । सो प्रकोपका कारण पाँच लाख व्यक्ति विस्थापित हुनुपरेको र अझै कतिपय जोखिमयुक्त स्थितिमा गुजारा चलाइरहेका छन् । 
सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा गत शनिबार करिब पाँच लाखभन्दा बढी जनतालाई बाढिपहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको थियो भने, ती व्यक्तिको उद्धार सामग्री आपूर्तिको लागि हजारौँ सैनिक तैनाथ गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त बाढी र पहिरोमा परी हालसम्म १६९ जनाको मृत्यु हनुको साथै १०२ जना हराइरहेका श्रीलङ्काको सरकारी प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी) ले पनि पुष्टि गरेको छ । साथै यस प्रकोपमा परी घाइते भएका ८८ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ ।

श्रीलङ्काको प्रमुख सामुन्द्रिक द्वीपका दक्षिणी पश्चिमी क्षेत्रका समथर मैदानी भूखण्डमा गत शुक्रबार आएको बाढिपहिरो विगत १४ वर्षपछिको सबैभन्दा भयाङ्कर भएको बताइएको छ ।     

Global Ime bank

समथर भू–भाग भएका तल्ला इलाका अझै पनि जलमग्न भई पूरै डुबानमा परेको स्थानीय अधिकारीले जनाएका छन् । यस प्रकोपमा मारिएका १६९ जनामध्ये पहिरोकै कारण अधिकांशको र डुबानमा परी केही सङ्ख्यामा मृत्यु भएको श्रीलङ्काका स्वास्थ्यमन्त्री तथा सरकारका प्रवक्ता राजिथा सेनारात्नेले बताएका छन् ।  

उनका अनुसार कतिपय सर्वसाधारणलाई सम्झाउँदा बुझाउँदा पनि आफ्नो थातथलो छोडेर जान नमानेकाले केही बल प्रयोग गरी उनीहरुको बासस्थानबाट अस्थायी शिविरमा लग्नुपरेको थियो । 

सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय सङ्घ संस्थाको सहयोगमा घटनामा पीडित नागरिकको उद्धार र बेपत्ता भएकाको खोजीलाई निरन्तरता दिएको छ । 

संयुक्त राष्ट्र सङ्घीय विश्व स्वास्थ सङ्गठन, विश्व बालबालिका कोष, भारत, पाकिस्तानलगायत अन्य मुलुकले यस बाढिपहिरो पीडित जनतालाई उल्लेखनीय परिमाणमा खाद्यान्न, लत्ताकपडा तथा अन्य उद्धार सामग्रीको सहयोग पठाइरहेका छन् । 

श्रीलङ्कालाई सन् २००३ देखि बाढी पहिरोले नराम्ररी सताउन थालेको हो । त्यसवर्ष परेको भीषण वर्षातले दुई सय पचास जनाको मृत्यु हुनाको साथै दश हजार जति घर धुरी नष्ट भएका थिए । रासस/एएफपी 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०७४  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC