काठमाडौं । पीसीआर मेसिनबाट परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएका नमुनाको पुष्टि गर्न थप दुई स्थान तोकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पीसीआर मेसिनमा कोरोना परीक्षण गर्दा संक्रमण देखिएमा पूर्वको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पश्चिमको नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालाले एकिन गर्ने मन्त्रालयले आइतबार गरेको प्रेस ब्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
उनले भने, “राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याउने प्रक्रिया झन्झटिलो र लामो हुने हुँदा आजबाट पूर्वको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पश्चिमको नेपालगञ्जको भेरी अस्पतालको प्रयोगशालाले नै अन्य पीसीआरबाट आएका नमुना परीक्षण गरेर पुष्टि गर्ने कार्य तोकिएको छ ।”
यसअघि आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिँदा पुनः पीसीआरमा परीक्षण गर्दा समेत पोजेटिभ देखिएमा थप एकिन गर्न काठमाडौं राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याउने गरेको थियो ।