site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ज्ञानेन्द्र शाही पुगेपछि मिटरब्याजीपीडितले लगाए नारा– राजावादीको समर्थन चाहिँदैन
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । मिटरब्याजीपीडित आज बिहानैदेखि विरोध प्रदर्शनमा उत्रिएका छन् । अहिले उनीहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।

सोहीक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही उनीहरूका मागमा समर्थन जनाउन माइतीघर पुगे । उनले पार्टीका तर्फबाट उनीहरूका मागमा ऐक्यबद्धता जनाए ।

तर, मिटरब्याजीपीडितले उल्टै उनीविरुद्ध नारा लगाए । उनीहरूले ‘राजावादीको समर्थन चाहिँदैन’ भन्दै नारा लगाएका हुन् । आफूहरूका समस्यालाई राजनीतिकरण नगर्न उनीहरूले शाहीलाई आग्रह गरेका थिए ।

११ दिन पैदल हिँडेर सोमबार उनीहरू काठमाडौं आइपुगेका थिए । पीडितले सोमबार खुलामञ्चअगाडि प्रदर्शन गरेका थिए । आज बिहानैदेखि पुनः विरोध सुरु गरेका हुन् ।

उनीहरूले ‘मिटरब्याजीलाई कारबाही गर’, ‘मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर’ ‘पीडितलाई न्याय दे’, ‘तमसुक व्यवस्था खारेज गर्’लगायत प्लेकार्ड प्रदर्शन गरेका छन् ।

थप तस्बिर हेर्नोस्–

338416496_1936257403390658_7913286902862926555_n1679984151.jpg

336616900_1399975050816349_7934137386892286675_n1679984148.jpg

336968922_159816120326242_1433429570781087874_n1679984140.jpg

338411095_619291996201038_6288286145039991897_n1679984140.jpg

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ११:५८
प्रतिक्रिया दिनुहोस्