site stats
बाह्रखरी :: Baahrakhari
देश
बागबजारमा युवतीको बलात्कारपछि हत्या आरोपमा भूपू सैनिक पक्राउ

काठमाडौं । काठमाडौंको बागबजारमा एक युवतीको बलात्कारपछि हत्या आरोपमा एकजना भारतीय भूपू सैनिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामचन्द्र पन्त रहेको प्रहरीले जनाएको छ ।
गत चैतमा बागबजारको एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी थिइन् ।

उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ । चैत ११ गते मृत फेला परेकी युवतीको पोष्टमार्टमपछि बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार युवतीसँगै कोठामा रहेका पन्त फरार थिए ।

उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १०:३६
प्रतिक्रिया दिनुहोस्