देश

काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गराउन लागेको एकता महाधिवेशनका लागि दिएको निवेदन फिर्ता लिएको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईले गैरआवासीय नेपाली संघको एकताको महाधिवेशन मिति पर सार्न माग गर्दै सर्वोच्च अदालतमा दिएको निवेदन फिर्ता लिएको जानकारी दिए ।
निवेदन २०८१ वैशाख २२ मा आएकाले मन्त्रालयले दिएको निवेदनको औचित्य समाप्त भएको भन्दै यसअघिको निवेदन फिर्ता लिएको उल्लेख गरेका छन् ।
यसबाट एकता महाधिवेशनद्वारा निर्विरोध निर्वाचित महेश श्रेष्ठ नेतृत्वको कमिटीलाई काम गर्न मार्गप्रशस्त भएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२ १२:२६
प्रतिक्रिया दिनुहोस्