site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निलम ढुंगानालाई राष्ट्र बैंकको नेतृत्व दिन राप्रपा सांसदको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद रोशन कार्कीले नेपाल राष्ट्र बैंकको नेतृत्व महिलालाई दिन आग्रह गरेकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले लिलामीको बढाबढमा गभर्नर पद तीन करोड नाघिसक्यो रे भन्दै कटाक्ष समेत गरिन् ।

विगतमा महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख पाउँदा उनीहरूको कार्यकाल सफल र प्रशंसायोग्य भएको समेत बताइन् । 

उनले कार्यवाहक गभर्नर निलम ढुंगानालाई नै गभर्नर बनाउन आग्रह समेत गरिन् । “कार्यवाहक गभर्नर निलम ढुंगानालाई नै राष्ट्र बैंकको नेतृत्व दिऔँ, ५२ प्रतिशत महिलामाथि न्याय गरौँ । योग्य र अयोग्य मान्छे खोज्न नलागौँ । देशको स्थिति हास्यास्पद भइरहेको छ,” उनले भनिन् ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्