site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जलवायु परिवर्तनकाे असर बेहाेरिरहेका मुलुकले आर्थिक राहत पाउने 
Sarbottam CementSarbottam Cement

कायरो/बीबीसी । इजिप्टमा आयोजित कोप–२७ शिखर बैठकमा झण्डै दुईसय मुलुक जलवायु परिवर्तनका कारण नराम्ररी प्रभावित मुलुकलाई आर्थिक सहयोग गर्न अन्तर्राष्ट्रिय कोष खडा गर्ने ऐतिहासिक सहमति भएको छ । 

शनिबार रातभर यो सम्झौता निर्णयका लागि वार्ता भएको थियो । यो सम्झौता विशेषगरी जलवायु परिवर्तन पीडित मुलुकहरुलाई ‘नोक्सान र क्षति’को एजेन्डामा आर्थिक टेवा पुर्याउने विषयमा लक्षित छ । 

Prabhu Bank
Agni Group
NIC Asia

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भनेका छन्, “यस सम्झौताका लागि प्रचुर मात्रामा राजनीतिक संकेतको  आवश्यकता छ । तर, स्पष्ट रुपमा त्यसको अभाव देखिन्छ ।” 

१९औँ शताब्दीको तुलनामा अहिले पृथ्वीको तापक्रम करिब १ दशमलव १ डिग्री सेल्सियस बढी रहेको छ । साथै वायुमण्डलमा कार्वनडाइअक्साइडको परिमाण पनि ५० प्रतिशतले बढेको छ । 

Global Ime bank

वैज्ञानिकहरुले यदि यो समस्या रोकथामका लागि सही कदम नचालिएको खण्डमा पृथ्वीको बढ्दो तापक्रमका कारण समुद्रमा पानीको सतह बढ्ने तथा जीवजन्तु र वनस्पतिलाई गम्भीर हानी पुर्याउने चेतावनी दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC