site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डोनाल्ड ट्रम्पलाई महाभियोग लगाएर अमेरिकी संसदले हटाउन सक्ने भविष्यवाणी
काठमाडौं । रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले यो वर्षको अमेरिकी राष्ट्रपति चुनाव जित्ने भविष्यवाणी गरेका एक अमेरिकी प्रोफेसरले नवनिर्वाचित राष्ट्रपति ट्रम्पले पूरा कार्यकाल राष्ट्रपति शासन चलाउन नपाउने भविष्यवाणी गरेको अमेरिकी समाचार संस्था वासिङ्टन पोस्टले जनाएको छ ।
प्रोफेसर एलान लिच्टम्यानले ट्रम्पमाथि रिपब्लिकन पार्टीको नेतृत्वमा अमेरिकी तल्लो सदन कांग्रेसले महाभियोग लगाएर हटाउने र उनको स्थानमा कांग्रेसले नियन्त्रण राख्न सक्ने उपराष्ट्रपति माइक पेन्सजस्ता एक विश्वासिलो व्यक्तिको नियुक्ति हुन सक्ने बताएका छन् ।
 
लिच्टम्यानले भनेका छन्, “मेरो नयाँ अनुमान कुनै प्रणालीमा आधारित छैन । यो मेरो केवल अनुमान हो । मलाई लाग्छ कि रिपब्लिकन नेतृत्वको कांग्रेसले ट्रम्पको विरुद्ध महाभियोग प्रस्ताव ल्याएर राष्ट्रपतिबाट हटाउन सक्छ । किनभने ऊ ट्रम्पमाथि नियन्त्रण राख्न सक्दैन त्यसैले ट्रम्पलाई राष्ट्रपति बनाइराख्न चाहँदैन । रिपब्लिकन पेन्सलाई मन पराउछन् किन भने उनी रुढीवादी, नियन्त्रण रहने सक्ने रिपब्लिकन हुन् ।”
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro