site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभ्रेमा यस्ता भूकम्प प्रतिरोधी घर बन्दै
बनेपा। काभ्रेपलाञ्चोक जिल्लाको पाँच गाविसमा भूकम्पपीडितका लागि नमुना भूकम्प प्रतिरोधी आवास निर्माण हुन थालेका छन् । 
भूकम्प पश्चातको पुनःनिर्माण जीविकोपार्जन तथा पुनःलाभ परियोजनामार्फत जिल्लाको नयाँगाउँ देउपुर, गैरीविसौना देउपुर, महादेवस्थान, बालुवापाटी र जैसिथोकमा एकसय १० घर निर्माणाधिन अवस्थामा रहेको ‘द लुथरन वल्र्ड फेडरेसन’ परियोजना प्रवन्धक रितुवर्ण सिलवालले जानकारी दिए । 
यी गाविसमध्ये सबैभन्दा बढी गैरिबिसौना देउपुरको दनुवार बस्तीमा ६२ घर निर्माणधिन अवस्थामा छन् । 
प्रतिघर रु तीन लाखका दरले आवास सम्बन्धी सामग्री उपलब्ध गराएर गत साउनदेखि सुरु भएको तीन कोठे नमुना घर आगामी माघसम्ममा पुरा गर्ने लक्ष्य लिइएको छ । 
ती गाविसमा कुल तीनसय ८७ घर निर्माण हुने जानकारी दिँदै सिलवालले परियोजनामार्फत भूकम्पपीडितको जीविकोपार्जनका लागि समेत काम भइरहेको बताए । 
नयाँ निर्माण भन्दा पनि भत्केका सिँचाइ कुलो पुनःनिर्माण र मर्मतमा जोड दिएको उनले बताए । ती गाविसमा जनजाति, विपन्न परिवार, दलित समुदाय, अभिभावक गुमाएका बालबालिकाको घर छनोट गरेर पुनःनिर्माण थालिको हो । 
जिल्लाको सात गाविसमा सिँचाइ, विद्यालयको शौचालय निर्माण, खानेपानीे वितरण, सिकर्मी तथा डकर्मी तालिमलगायत जीविकोपार्जनको काम समेत सुरु भएको छ । 
शान्ति जनआर्दश सेवा केन्द्र, धुलिखेलका अध्यक्ष शङ्खबुद्ध लामाले सरकारको नीतिका कारण आवास निर्माणको खर्च रु तीन लाखमा झरेको उल्लेख गर्दै रु चार लाख ९६ हजारमा निर्माण हुने भनिएको आवास सरकारले सीमा तोकेपछि पुनः ८७ घर पुनःनिर्मााणका लागि थप गरिएको बताए । 
शान्ति जनआर्दश सेवा केन्द्र, धुलिखेलका कार्यकारी निर्देशक दिनेश लामाले घर निर्माणका लागि तीन पटकमा सामग्री उपलब्ध गराएर आवास निर्माण भएको बताए। 
गौरीबिसौना देउपुरका रामकाजी दनुवारले पानीको अभाव र ढुङ्गाको अभावले संस्थाले दिएको सामग्री मात्रै पर्याप्त नएभकाले घर निर्माण खर्च महँङगो भएको बताए । 
‘मेरो मात्रै रु एक लाख लगानी भयोहोला’ उनले भने । भूकम्प पश्चातको सो परियोजनामा कुल रु २० करोड ४१ लाख लगानी भएको छ । रासस 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro