खेल
काठमाडौं । एएफसी सोलिडारिटी कप फुटबलको फाइनलमा नेपालले मकाउको सामना गर्ने भएको छ । प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनलमा ब्रुनाइलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मकाउले नेपालसँगको भेट पक्का गरेको हो ।
फाइनल खेल मंगलरबार साँझ ५ः १५ बजे हुनेछ ।
मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा भएको खेलमा नेपालले आफूभन्दा माथिल्लो बरियताको लाओसलाई ट्राइबेकरमा ३–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३ ०९:५४
प्रतिक्रिया दिनुहोस्