site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देव विकास बैंकको नाफा ५ करोड
काठमाडौं । देव विकास बैंकको चाल अर्थिक वर्षको पहिलो त्रैमाशमा नाफामा वृद्धि भएको छ । 
गत असोजसम्म बैंकले ५ करोड रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३ करोड ९१ लाख रुपैयाँ र गत आवको असारसम्म कुल १३ करोड ६५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले आइतबार सार्वजनिक गरेको पहिलो त्रैमाशको वित्तीय विवरण अनुसार ७ अर्ब ९६ करोड ८६ लाख रुपैयाँ निक्षेप परिचालन गरी ६ अर्ब ७४ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप र कर्जा लगानी बढेको छ । 
गत आवको असारसम्म बैंकले साढे ७ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ६ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हालसम्म बैंकको चुक्तापुँजि ८८ करोड १० लाख रुपैयाँ छ । राष्ट्रिय स्तरको विकास बैंक हुन देबले आगामी असारसम्म चुक्तापुँजी साढे २ अर्ब रुपैयाँ पुर्‍याउनु पर्ने छ । समीक्षा अवधिमा बैंकको खराव कर्जा झण्डै साढे ३ प्रतिशत छ । 
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro