site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिटिजन्स बैंकद्वारा सडक आश्रितलाई भोजन र निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ बसेका करिब एक हजार ९०० व्यक्तिलाई भोजन र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । चैत २० देखि वैशाख ६ गतेसम्म १८ दिन भोजनको व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकको १८औँ वार्षिकोत्सव वैशाख ७ गते हो ।

भोटुस्इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई बैंकले भोजन वितरण गरेको हो ।

साथै, बैंकले वार्षिकोत्सवको अवसरमा चैत्र २ देखि वैशाख ५ गतेसम्म सातवटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविरहरूको आयोजना पनि गरेको थियो । कोसी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेस प्रदेशको विद्यापति चोक, वाग्मती प्रदेशको बूढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको हस्पिटललाइन र जीतपूर, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु, र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा स्वास्थ्य शिविरहरू आयोजना गरेको थियो । यी स्वास्थ्य शिविरहरूबाट करिब १७ सय जना बिरामीहरूले लाभ प्राप्त गरेका बैंकले जनाएको छ् ।  

हरेक वर्ष बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरू गर्नुका साथै सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

सिटिजन्स बैंकले ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा कार्यालय, १६८ वटा एटीएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइमार्फत सेवा दिँदै आएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro