site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो त्रैमाशमा माछापुच्छ्रे बैंकको नाफा २५ करोड
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा माछापुच्छ्रे बैंकको नाफा उल्लेख्य रुपमा बढेको छ ।
गत असोजसम्म बैंकले २४ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १७ करोड ३१ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवमा बैंकले ८९ करोड ८२ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवको तुलनामा बैंकको नाफा झण्डै ८ अर्ब रुपैयाँ बढेको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरणले नाफा, निक्षेप परिचालन र कर्जा लगानीमा विस्तार हुनुका साथै अन्य वित्तीय सूचक पनि सकरात्मक भएको जानकारी दिएको छ ।
समीक्षा अवधिमा बैंकले ५८ अर्ब १३ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ४४ अर्ब ७० करोड रुपैयाँ र गत आवमा ५२ अर्ब २९ करोड रुपैयाँ परिचालन गरेको थियो । यस्तै कर्जा लगानी विस्तार भएर झण्डै ५० अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले झण्डै ३७ अर्ब रुपैयाँ लगानी गरेको थियो । गत असारसम्म बैंकले ४४ अर्ब २३ करोड रुपैयाँ थियो । 
बैंकको चुक्तापुँजी ४ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ छ । बैंकले आउँदो असारसम्म चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पु¥याउनु पर्ने छ । पहिलो त्रैमाशमा बैंकको खराव कर्जाको अनुपात ०.५ प्रतिशत मात्र छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ बढी छ । 
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  ०८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro