site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
kgTjZ-VnRSs
काठमाडौं । एएफसी सोलिडारिटी कप फुटबलको पहिलो सेमिफाइनल खेल अन्तरगत नेपाल र लाओसबीचको जारी छ । यो समाचार तयार पार्दासम्म दुवैले एक एक गोलको बराबरी खेलिरहेका छन् । पहिलो हाफमा एक शून्यले पछि परेको नेपालले दोस्रो हाफको सुरुमै बराबरी गोल फर्काएको हो । 
नेपाल र लाओसबीचको खेल कुचिङस्थित सारावाक रंगशालामा जारी छ । पहिलो सेमिफाइनलमा विजयी हुने टोलीले फाइनलमा मकाउ र ब्रुनाइबीचको बिजेतासँग खेल्नेछ । नेपाल समूह एको बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने लाओस समूह बिको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
नेपाल र लाओस दोस्रो पटक आमनेसामने भएका हुन् । नेपाल र लाओसले गत मेमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेका थिए । जसमा नेपालले आफूभन्दा माथिल्लो बरियताको लाओसलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।
हाल फिफा बरियतामा लाओस १७५ औं स्थानमा छ भने नेपाल १८६ औं स्थानमा छ ।
 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro