अर्थ व्यवसाय
काठमाडौं । युनाइटेड सिमेन्ट्सले निर्माणकर्मीलाई लक्षित गर्दै भूकम्प प्रतिरोधात्मक निर्माण तथा रेट्रो फिटिङ सम्बन्धी प्राविधिक जानकारी गराएको छ ।
ललितपुरमा ठूलो संख्यामा राजमिस्त्री तथा ठेकेदार भेला गरी उक्त कार्यक्रम सम्पन्न भएको छ । यस्तो किसिमको कार्यक्रमले निर्माणकर्मीलाई मजबुत निर्माण गर्न प्रेरित गर्ने तथा गुणस्तरीय निर्माण सामाग्री मात्र प्रयोग गर्नु पर्छ भन्ने सुझाव उद्योगले दिएको छ । साथै यस उद्योगले निर्माणकर्मीको सम्मान स्वरुप सिमेन्ट उद्योग जगतमै पहिलो पटक विशेष योजना प्रारम्भ गरेको छ । यसले निर्माणकर्मीलाई थप उत्साह प्रदान गर्ने उद्योगको विश्वास रहेको छ ।
ललितपुरको लेलेमा अवस्थित आफ्नै चुनढुङ्गा खानीबाट गुणस्तरीय चुनढुङ्गा उत्खनन् गरी ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको यस उद्योगको ‘यूनाइटेड सिमेन्ट’ ब्रान्डले नेपाल गुणस्तर चिन्ह प्राप्त गरिसकेको छ । “गुणस्तरिय निर्माण सामाग्री मात्र प्रयोग गरौ“ र मबुत निर्माणमा जोड दिउ“” भन्ने नारा लिई अघि बढेको यस उद्योगले यस्तो किसिमको तालिम केही दिन अघि मात्रै भक्त्तपुरमा सञ्चालन गरिसकेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३ १५:३५
प्रतिक्रिया दिनुहोस्