
काठमाडौं । मेटलाइफ नेपालले आफ्नो नवीनतम् बिमा योजना ‘डबल प्रोटेक्सन प्लस’ सार्वजनिक गरेको छ । विश्वसनीय उच्च बिमा सुरक्षा र स्मार्ट बचतलाई एउटै योजनामा समेटिएको यो प्रकारको बिमा नेपालमा पहिलो नवप्रवर्तित् बिमा रहेको कम्पनीले जनाएको छ ।
सार्वजनिक गरिएको केही समयमै यसमा ग्राहकको प्रतिक्रिया अत्यन्त उत्साहजनक रहेको कम्पनीको दाबी छ । सुरुको एक घण्टामै १०० वटा पोलिसी बुक गर्न सफल भएको कम्पनीले जनाएको छ ।
ग्राहकले एकमुष्ट प्रिमियम भुक्तानी वा केवल ५ वा १० वर्षको सीमित अवधिको प्रिमियम भुक्तानी विकल्प रोज्न सक्ने कम्पनीले जनाएको छ । योजना १ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरूका लागि उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
लचिलोपन र भरपर्दो बिमा सुरक्षाले गर्दा यो योजना आजको मितिमा बजारमा उपलब्ध सबैभन्दा आकर्षक सुरक्षा तथा बचत योजनामध्ये एक बनेको कम्पनीको दाबी छ ।