site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्स र बेल्जियमको बराबरी
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्स र बेल्जियमले बराबरी खेलेका छन् । बुधबार राती भएको मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्स र बेल्जियमले १–१ गोलको बराबरी खेलेका हुन् ।
घरेलु मैदानमा आम्टरडममा भएको खेलमा पहिलो हाफमा लिएको अग्रता जोगाउन नक्सदा नेदरल्यान्ड्स बेल्जियमसँग बराबरीमा रोकिएको हो । खेलमा डाभी कलासेनले पहिलो हाफको ३८ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० ले अघि रहेको नेदरल्यान्ड्सले दोस्रो हाफमा गोल खान पुग्यो । खेलको ८२ औं मिनेटमा बेल्जियमका यानिक कारास्कोले गोल गरेपछि खेल बराबरीमा सकियो ।
यस्तै बुधबार राती भएको अर्को मैत्रीपूर्ण खेलमा ग्रीस बेलारुससँग १–० ले पराजित भएको छ । बेलारुसको जितमा पेलिस्टसेभिचले निरनायक गोल गरे । त्यस्तै यूएईले बहराइनलाई २–० ले पराजित गरेको छ ।
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro