खेल
काठमाडौं । नयाँ नेपाली मार्सल आर्ट ‘वज्र’ खेलको स्थापना भएको छ । नेपाल क्योकुसिन कराते डो संघ (वज्र) ले बुधबार राजधानीमा कार्यक्रम गर्दै खेलबारे जानकारी गराएको हो । । कार्यक्रममा खेल्ने शैली बारे खेलाडीबाट प्रदर्शन गराइनु साथै विविध पक्ष बारे अवगत गराई वज्र बारे जानकारी दिइएको थियो । वज्रको सुरुआत क्योकुसिन करातेका संस्थापक जगतप्रसाद गौचनले गरेका हुन् । गौचन नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष समेत हुन् ।
क्योकुसिन, थाइ बक्सिङ, बक्सिङ, किक बक्सिङ र तेक्वान्दोको सबल पक्षलाई समेटेर वज्रको सुरुआत गरिएको गौचनले बताए । “हरेक मार्सल आर्टका गुरुहरुको आफ्नै स्टायलको खेल बनाउने चाहना हुन्छ । त्यही चाहना अनुरुप मैले पनि वज्रको सुरुआत गरेको हुँ ।” अध्यक्ष गौचनले भने ।
वज्रमा फेस पन्चिङ पनि गर्न मिल्ने, विभिन्न तौलसमूहमा प्रतिस्पर्धा हुने, रिङमा खेल खेलाइने, अंक सिस्तलगायत रहेको अध्यक्ष गौचनले जानकारी गराए । उनले दुई वर्षभित्र एसियाली च्याम्पियनसिप तथा ४ वर्षमा विश्व च्यामिपयनसिप आयोजना गर्ने लक्ष्य रहेको जानकारी गराए ।
भारतमा वज्रको संघ स्थापना गरिसकेको र चाँडै नै सिंगापुर, बंगलादेश, जापान, पाकिस्तान, युके, हङकङ र अमेरिकामा संघ स्थापना गरिने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३ १६:४३
प्रतिक्रिया दिनुहोस्