site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टुसालविरुद्ध कठिन जित निकाल्दै सातौँ स्थानमा उक्लियो कुमारी

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा टुसाल युवा क्लबमाथि २–१ को कठिन जित निकाल्दै कुमारी क्लब सातौँ स्थानमा उक्लिएको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा कुमारीलाई जिताउन निशान्त प्रधान र विनोद धमलाले गोल गरे । जवाफमा टुसालका सुजन माझीले एक गोल गरे पनि टिमको हार टार्न सकेनन् ।

खेलको ११औँ मिनेटमा निशान्तले टोलीलाई अग्रता दिलाए । ७६औँ मिनेटमा विनोदले अग्रता दोब्बर बनाए ।

जवाफमा ८४औँ मिनेटमा टुसालका सुजनले टोलीका निम्ति एक गोल गरेका थिए । उनको एक गोल टुसाललाई खेलमा फर्कन पर्याप्त थिएन ।

जितपछि नौ अंक जोडेर कुमारी तालिकाको सातौँ स्थानमा उक्लिएको छ । कुमारीले कुल सात खेलमा तीन जित र चार हारबाट ९ अंक बनाएको छ । कुमारीले गोल अन्तरको आधारमा समान अंक बनाएको बाँसबारी क्लबसँग दुई गोलले पछि पर्दै सातौँ स्थान बनाएको हो ।

पराजित टुसाल कुल सात खेलमा एक जित, तीन बराबरी र दुई हारबाट ६ अंक बनाउँदै ११औँ स्थानमा सीमित छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro