site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कम्पनीले लाभांश घोषणा गरेपछि बजारमा लगानीकर्ताको उत्साह देखिएन
काठमाडौं । प्रायः सबै कम्पनीले नगद लाभांश र वोनस सेयर वितरणको घोषणा गरेपछि मंगलबार सेयर बजारमा लगानीकर्ताको उत्साह देखिएन ।
लगानीकर्ताको उत्साह नदेखिएपछि सोमबार घटेको बजार मंगलबार निरन्तरता पाएको छ । सोमबार १४ अंक घटेको बजार मंगलबार झण्डै २५ अंक घटेको छ । सोमबार र मंगलबार  बजार ३९अंक गिरावट आएको छ । बजार घटेपछि सेयर परिसूचक १ हजार ७२४ अंकमा सिमित भएको छ ।  
सबै कम्पनीले लाभांश घोषणा गरिसकेको र अब हकप्रद सेयरमा लगानीकर्ताको ध्यान गएकाले यसको असर बजारमा परेको नेपाल धितोपत्र बोकर्स एसोसियसनको अध्यक्ष नरेन्द्र सिजापति बताउँछन् । “धेरै बढेको थियो अब सुधार हुदै गएको छ” उनले भने “अब बजार धेरै तल जादैन ।” अधिकांश कम्पनीले लाभांश घोषणा गरेपछि बजार घट्ने गरेको जानकारी दिदै उनले भने “यो वर्ष धेरै हकप्रद सेयर आउने भएपछि लगानीकर्ताको चासो दोस्रो बजारमा छैन् ।” उनका अनुसार अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । उनका अनुसार अधिकांश कम्पनीले लाभांश घोषणा र हकप्रद सेयर जारी गर्ने सूचना समेत प्रकाशित गरिसकेका छन् । 
मंगलबार बैंक, होटल, वित्त, जलविद्युत, विकास बैंक, उत्पादनमुलक र विमा गरी सबै क्षेत्रको सेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी विमाका लगानीकर्ताले गुमाएका छन् । विमाको मात्र १३० अंक घटेको छ । मंगलबार ७६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार लघुवित्त संस्थाका लगानीकर्ताले कमाएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार सबै भन्दा बढी नागवेली लघुवित्त विकास बैंकका लगानीकर्ताले प्रतिसेयर २८० रुपैयाँसम्म कमाएका छन् ।
सेयर बजार ओरालो लागेपछि मंगलबार सबैभन्दा बढी युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । युनिलिभरका लगानीकर्ताले प्रति सेयर ५९८ रुपैयाँ गुमाएका छन् । धेरै दिनपछि मंगलबार कारोबार भएको युनिलिभरको सेयर घटेर ३० हजार २५३ रुपैयाँमा घटेको छ ।  
यस्तै जनउत्थान सामूदायिक विकास बैंकका लगानीकर्ताले ८५, कालिका माइक्रोके्रडिट डेभलपमेन्ट बैकका लगानीकर्ताले १०२ रुपैयाँ, किसान माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले २७०, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १५१, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७७, एनएमबी माइक्रोफाइनान्स संस्थाका लगानीकर्ताले १९४, स्वाबलम्बन विकास बैंकका लगानीकर्ताले १०६ र विजय लघुवित्तीय संस्थाका लगानीकर्ताले ९३ रुपैयाँ कमाएका छन् । 
बजार घटेपछि लगानीकर्ताले मंगलबार मात्र झण्डै २८ अर्ब रुपैयाँ गुमाएका छन् । सोमबार १९ खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ रहेको बजारपुँजीकरण झण्डै २८ अर्ब रुपैयाँ घटेर १९ अर्ब १६ अर्ब ४४ करोड रुपैयाँमा सिमित भएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro