site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खाद्य सम्प्रभुताको लागि २८ गते नेपाल बन्दः पुन
काठमाडौं । नेकपा (माओवादी)का पोलिट्व्यूरो सदस्य ओमप्रकाश पुनले मुलुकमा खाद्य सम्प्रभुताको ग्यारेन्टीका लागि आप्mनो पार्टी नेपाल बन्द गर्न बाध्य भएको बताएका छन् । 
मंगलबार संवाद डबलीमा आयोजित ‘खाद्य संप्रभुतामा नागरिकको मौलिक अधिकार’ विषयक अन्तरक्रियामा पुनले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि राज्यले नसुनेपछि  कात्तिक २८ गते नेपाल बन्दको आयोजना गर्न बाध्य भएको स्पष्ट पारे । 
“हामीले पहिलो चोटी खाद्य सम्प्रभुताबारे आन्दोलन थालेका छौं,” पुनले भने, “जनताको जीवनसँग जोडिएको विषय भएकाले जनताको साथ र समर्थन पनि पाइने पूर्ण आशा छ ।”
अखाद्य वस्तु आयात गर्ने, मुलुकमै उत्पादन भएको उत्कृष्ट खाद्य निर्यात गर्ने प्रचलनको अन्त्य गर्न सहजै सम्भव नभएकाले आम जनताको व्यापक सहभागितामा खाद्य सम्प्रभुताको सूनिश्चितताको लागि अन्तिम संघर्ष गर्न बाध्यकारी भएको पुनको भनाइ छ । 
“वर्तमान संविधानको भाग ३ को धारा ३ मा खाद्य सम्प्रभुता सुनिश्चित गरिएको छ भन्ने तर तिनै संविधान निर्माताहरु खाद्य निर्यात र आयातमा कमिशन खाएर अखाद्य बस्तु वितरण गर्नेका विरुद्ध संघर्षको विकल्पै छैन,” उनले भने ।
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro