site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रिष्टियानो रोनाल्डोले पाए ला लिगाको उत्कृष्ट खेलाडीको अवार्ड
काठमाडौँ  । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले ला लिगाको फुटबलको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । रोनाल्डोले सन् २०१५–१६ सिजनको उत्कृष्ट खेलाडी बन्दै ‘मार्का अलफ्रेडो डि स्टेफानो’ अवार्ड पाएका हुन् । 
रियल मड्रिडमा सन् २०२१ सम्मका लागि अनुबन्ध नवीकरण गरेकै दिन रोनाल्डोले स्पेनिस खेल पत्रिका मार्काले प्रदान गर्ने उक्त अवार्ड पाएका हुन्  । रियल मड्रिडले गत सिजन उपाधि नजितेपनि रोनाल्डोले ३५ गोल गरेका थिए । त्यस्तै उनले ११ गोलका लागि सहयोग गरेका थिए । रोनाल्डोले अघिल्लो सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि भने दिलाएका थिए । र, रोनाल्डोले त्यस क्रममा १६ गोल गरेका थिए । यस्तै रोनाल्डोले पोर्चुगललाई युरो कप २०१६ को उपाधि दिलाउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए । 
मार्काले प्रदान गर्ने स्पेनिस टिमको उत्कृष्ट खेलाडीको अवार्ड रियलका एल्भारो मोराटा प्राप्त गरे । यस्तै ला लिगामा सर्वाधिक ४० गोल गरेका बार्सिलोनाका लुइस स्वारेजले पिचिची अवार्ड जिते भने  एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले उत्कृष्ट प्रशिक्षक अवार्ड पाएका थिए ।  त्यस्तै एथ्लेटिकोका गोलरक्षक ज्यान ओब्लेकले जामोरा अवार्ड जितेका छन ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  ११:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro