
काठमाडौं । सेफिल्डविरुद्ध २–१ को जित निकालेपछि बर्न्ली प्रिमियर लिगमा बढुवा भएको छ । सेफिल्डसँगको कठिन जितसँगै बर्न्ली च्याम्पियनसिपबाट प्रिमियर लिगमा बढुवा हुने दोस्रो टोली बनेको हो ।
उता लिड्सले दुई खेल अगावै स्टोक्स सिटीविरुद्ध ६–० को सनसनीपूर्ण जित निकाल्दै ९४ अंक बनाएको थियो । शीर्ष दुईमा रहेर स्वतः प्रिमियर लिगमा छनोट हुन लिड्सलाई पनि बर्न्लीको जित आवश्यक थियो ।
तेस्रो स्थानको सेफिल्डलाई पछि पार्दै यी दुई टिम प्रिमियर लिगमा स्वतः उक्लिएका हुन् ।
टर्फ मुर रंगशालमा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन जोस ब्राउन्हिलले दुई गोल गरे ।
योसँगै बर्न्लीले जारी सिजन आफ्नो अपराजित यात्रालाई ३१ खेलसम्म लम्ब्याएको छ ।
अघिल्लो सिजनमा रेलिगेट भएको सेफिल्डले यो सिजन च्याम्पियनसिपमा ८६ अंक जोडेको छ । तालिकाको तेस्रो स्थानमा रहेको सेफिल्डलाई अब प्रिमियर लिगमा बढुवा हुन प्लेअफमा जितको आवश्यक छ ।