site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण एसियाको सुदृढ एकीकरणका लागि आर्थिक वृद्धिमा जोड
काठमाडौं । दक्षिण एसियाली आर्थिक अनुसन्धान सञ्जाल केन्द्र (सेनी) को चौधौं वार्षिक सम्मेलन सोमबारबाट काठमाडौंमा सुरु भएको छ । 
सम्मेलनको उद्घाटन गर्दे परराष्ट्रमन्त्री डा. प्रकाशरण महतले सार्क राष्ट्रबीच दोहोरो कर प्रावधान तथा करसम्बन्धी पारस्परिक सहयोग कार्यान्वयन गर्दै लगानी अनुकूल वातावरण तयार गर्नुपर्ने बताए । दक्षिण एसियाको सुदृढ आर्थिक एकीकरणका लागि आर्थिक वृद्धिका साथै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि ठूलो लगानी अपरिहार्य भएको बताए । 
दक्षिण एसियामा भू–परिवेष्टित मुलुकमा सिमित रेल पूर्वाधारका कारण वस्तु तथा सेवाको ढुवानीमा कठिनाइ भएको वास्तविकता अघि सार्दैै परराष्ट्रमन्त्रीले क्षेत्रीय यातायात करिडोरको प्रवद्र्धन, दक्षिण एसियाली रेल सञ्जाल निर्माण, सीमापार यातायात परियोजनामा लगानी तथा व्यापारिक ऐन कानुनमा एकरुपता कायम गरिनुपर्ने विचार व्यक्त गरे ।
दक्षिण एसियाली मुलुकमा ऊर्जाको बढ्दो मागका साथै यस क्षेत्रमा सहकार्यका प्रचुर सम्भावना रहेका बताउँदै उनले क्षेत्रीय विद्युत् ग्रिड, ऊर्जा व्यापार तथा सहजीकरणका लागि ऐन नियममा एकरुपता, ऊर्जामा लगानी र वितरण प्रणालीको विकासका निम्ति ठोस योजना तर्जुमा गर्नुपर्ने विचार व्यक्त गरे । 
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले विदेशी लगानीकर्तालाई आकर्षक प्रोत्साहन तथा सुविधा दिएर नेपाल सरकारले प्रतिस्पर्धी तथा लगानी मैत्री वातावरण सिर्जना गरेको बताए । उनले दक्षिण एसियाली मुलुकमा प्रचुर प्राकृतिक सम्पदा तथा लगानीको सम्भावना रहेकाले यस क्षेत्रको आर्थिक समृद्धिका लागि गहन एकीकरण तथा सबैको सहयोग आवश्यक भएको बताए । 
उक्त अवसरमा नेपाल अर्थशास्त्र संघका अध्यक्ष प्रा.डा. विश्वम्भर प्याकुरेलले दक्षिण एसियामा स्वतन्त्र व्यापार सङ्घ, भन्सार सङ्घ, साझा बजार र आर्थिक सङ्घजस्ता क्षेत्रीय संयन्त्रले सही रुपमा काम गर्न नसकेको बताए । उनले आर्थिक एकीकरणका मुद्दा सपना मात्र भएको भन्दै एक आपसमा समन्वयनात्मक भूमिका हुन नसकेको जिकिर गरे ।
 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro