site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निसानको तीनदिने ‘प्रि–मनसुन नेसनवाइड सर्भिस क्याम्प’ : १६ चेकपोइन्टमा सञ्चालन हुने

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानको ‘ह्याप्पी विद निसान’ सर्भिस अभियानलाई नेपालमा पनि निरन्तरता दिँदै तीनदिने ‘प्रि–मनसुन नेसनवाइड सर्भिस क्याम्प’ सुरू गरेको छ ।

नजिकिँदै गरेको वर्षा ऋतु तथा मनसुनको अवसरमा यो विशेष सर्भिस क्याम्प ल्याइएको जनाएको छ । यो क्याम्प वैशाख १०, ११ र १२ गते (अप्रिल २३, २४, र २५, २०२५)मा देशव्यापी रूपमा सञ्चालन हुनेछ । यो सर्भिस क्याम्प काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, हेटौँडा, पोखरा, इटहरी, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, बिर्तामोड, वीरगञ्ज, सुर्खेत गरी निसानको देशभरका १६ वटा विभिन्न चेकपोइन्टमा एकैसाथ सञ्चालन भइरहेको कम्पनीले जनाएको छ ।  

‘पि–मनसुन नेसनवाइड सर्भिस क्याम्प’ अन्तर्गत ग्राहकहरूले निसान गाडीको चेक–अप तथा सर्भिसिङ गर्दा सात आकर्षक लाभ तथा सुविधाहरू लिन सक्नेछन् । यी सुविधाअन्तर्गत ग्राहकहरूले ‘टप वास’ निःशुल्क प्राप्त गर्नेछन् भने जुनै सेवा लिँदा पनि कुनै ‘लेबर चार्ज’ तिर्नुपर्ने छैन ।

त्यस्तै, ‘सस्पेन्सन, क्लच’जस्ता पार्टपूर्जा तथा निसानको ब्रान्डेड एक्सेसरिजहरूमा २० प्रतिशत छुट प्राप्त गर्नेछन्, १५ प्रतिशत छुटमा ‘बडी सप जब्स’ सुविधा लिन सकिने छ । त्यसैगरी ल्युब्रिकेन्ट, ‘फिल्टर पाट्र्स’, र ‘ब्रेकप्याड तथा सु’मा १०५ छुटबाट लाभान्वित हुन सक्नेछन् ।

यो योजना, ग्राहकका निसान गाडीहरूको विशेष छुटका साथ चेक–अप तथा सर्भिसिङ गर्ने अवसर हो । यस क्याम्पअन्तर्गतका सुविधाहरूमा केही सर्तहरू लागु हुने कम्पनीको भनाइ छ ।

योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले ग्राहकलाई मनसुनको लागि तयार रहन मद्दत गर्ने र ग्राहकको गाडी स्वामित्व अनुभवमा सहजता थप्ने विश्वास पायोनियर मोटो कर्पले राखेको छ ।

पायोनियर मोटो कर्प प्राइभेट लिमिटेड, नेपालको लागि निसान मोटर कम्पनीको आधिकारिक वितरक हो । सन् २०१४ मा स्थापित यो कम्पनीले जापान, थाइल्यान्ड र भारतस्थित निसानको प्लान्टबाट सवारीसाधन आयात तथा निसानको सम्पूर्ण मोडलको गाडीका लागि बिक्री, सर्भिसिङ र पाटपुर्जा आदि सुविधा उपलब्ध गराउँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  २१:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro