site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २ सय प्रतिशत बढ्यो
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा झण्डै २ सय प्रतिशत बढेको छ ।
चालु आवको असोजसम्ममा बैंकले ७७ करोड रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ४२ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवमा बैंकले २ अर्ब ६० करोड रुपैयाँ नाफा गरेको थियो । पहिलो त्रैमासको वित्तीय विवरण हेदा चालु आवमा बैंकको नाफा उल्लेख्य बढ्ने सम्भावना छ । 
समीक्षा अवधिमा बैंकले १ खर्ब १२ अर्ब ७४ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत असारसम्म बैंकको निक्षेप परिचालन १ खर्ब ८ अर्ब ५९ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि विस्तार भएको बैंकले जनाएको छ । बैंकका अनुसार पहिलो त्रैमासमा बैंकले ९४ अर्ब ४४करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारसम्म बैंकले ८७ अर्ब रुपैयाँ लगानी गरेको थियो । 
बैंकको खराब कर्जा अनुपात १ प्रतिशत तल छ । बैंकको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ बढी छ । नेपाल राष्ट्र बैंकले तोके बमोजिम बैंकले चुक्ता पुँजी पु¥याएको छ । हालसम्म बैंकको चुक्तापुँजी ८ अर्ब ७० करोड रुपैयाँ छ ।
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro