site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनएमबी बैंकको नाफा झण्डै ३ सय प्रतिशत बढ्यो
काठमाडौं । एनएमबी बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा झण्डै ३ सय प्रतिशत बढेको छ । असोजसम्ममा बैंकले ३८ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ ।  अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकले १४ करोड २८ लाख रुपैयाँमात्र नाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा नाफा २५ करोड रुपैयाँ बढेको बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय प्रतिवेदनमा उल्लेख छ । गत आवमा बैंकले १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ नाफा गरेको थियो । क्लिन इनर्जी डेभलपमेन्ट बैंक गाभिएपछि बैंकको नाफा, निक्षेप परिचालन र कर्जा लगानी विस्तार भएको हो । 
पहिलो त्रैमासमा बैंकको निक्षेप परिचालन  घटेको छ । चालु आवको असोजसम्म बैंकको निक्षेप ६३ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म बैंकको निक्षेप ६४ अर्ब ९४ करोड रुपैयाँ थियो ।  बैंकका अनुसार चालु आवको असोजसम्म ५६ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारसम्म बैंकले ५३ अर्ब ७४ करोड रुपैयाँ ऋण लगानी गरेको थियो । चालु आवको त्रैमासमा बैंकको खराब कर्जा अनुपात बढेर १.८ प्रतिशत पुगेको छ । गत वर्ष यस्तो कर्जा अनुपात १ प्रतिशत तल थियो । 
बैंकको चुक्ता पुँजी बढेर ५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । क्लिन इनर्जी बैंकलाई गाभेपछि बैंकको चुक्ता पुँजी बढेको हो । आउँदो असारसम्म बैंकले ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने छ ।
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro