site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बार्सिलोना विजयी
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा साबिकको बिजेता बार्सिलोना विजयी भएको छ  । आइतबार राती भएको खेलमा बार्सिलोनाले सेभियालाई २ – १ ले पराजित गरेको हो ।
सेभियाको घरेलु मैदान मैदानमा भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउदै बार्सिलोना विजयी भएको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सी र लुइस स्वारेजले एक एक गोल गरे । खेलमा भिटोलोले १५ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए  । तर, ४३ औ मिनेटमा मेस्सीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए  ।  दोस्रो हाफको ६१ औ मिनेटमा स्वारेजले एक गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।
जितसंगै दोस्रो स्थानमा रहेको बार्सिलोनाले शिर्ष स्थानको रियल मड्रिडसंगको अंक  दुरी २ मा झारेको छ  । यो जितसंगै बार्सिलोनाले ११ खेलबाट २५ अंक जोडेको छ  । रियलको समान खेलबाट २७ अंक छ । पराजित सेभिया २१ अंक जोडेर लिगको पाचौ स्थानमा छ ।
ला लिगा अन्तर्गत आइतबार राती रियल बेटिसलाई २ – ० ले पराजित गरेको भिल्ला रियल लिगको तेस्रो स्थानमा उक्लिएको छ  । भिल्ला रियलको जितमा त्रिगुएरोस र सोरियानोले एक  एक गोल गरे । जितसंगै भिल्ला रियलले ११ खेलबाट २२ अंक जोडेको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro