site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्यानचेस्टर युनाइटेड विजयी, ज्लाटन इब्राहिमोभिचको ४ सयौं गोल पूरा
काठमाडौं  । ज्लाटन इब्राहिमोभिचले दुई तथा र पाउल पोग्बाले एक गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इन्ग्लिश प्रिमियर लिगमा जित हासिल गरेका छन् ।  इब्राहिमोभिच र पोग्बाको गोल मद्दतमा युनाइटेडले आइतबार राती स्वान्सी सिटिलाई ३ – १ ले पराजित गरेको हो ।
स्वान्सी सिटिको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेडले चार खेलयताको जितबिहिन यात्रा टुंगाएको छ  । स्वान्सीलाई पराजित गर्ने क्रममा युनाइटेडले ३ वटै गोल पहिलो हाफमा गरेको थियो ।
लिबर्टी स्टेडियममा खेलको १५ औ मिनेटमा पोग्बाले  आकर्षक भली गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए  । त्यसको चार मिनेट नबित्दै ज्लाटनले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए  । खेलको ३३ औ मिनेटमा ज्लाटनले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले पहिलो हाफमा ३ – ० को अग्रता बनायो ।
दोस्रो हाफमा भने युनाइटेडले गोल गर्न सकेन तर एक गोल बेहोर्यो ।  खेलको ६९ औ मिनेटमा स्वान्सीका भान डिर हूमले एक गोल फर्काए । त्यसपछि दुवैतर्फबाट गोल भएन र खेल युनाइटेडको पक्षमा ३ – १ ले गयो ।
स्वान्सीलाई पराजित गर्ने क्रममा दुई गोल गरेका ज्लाटनको लागि बिशेष दिन रह्यो  । ज्लाटनले यो खेलसंगै आफ्नो क्लब करियरको ४ सयौं गोलको कोसेढुंगा पुरा गरे । यस्तै ज्लाटनको पहिलो गोल पनि प्रिमियर लिगका लागि विशेष रह्यो । स्वान्सी विरुद्व उनले गरेको पहिलो गोल प्रिमियर लिगको २५ हजारौं गोल थियो ।  सन् १९९२ मा आधुनिक प्रिमियर लिगको सुरुवात भएपछिको २५ हजारौं गोल हो । सन् १९९२ अगस्ट १५ मा शेफिल्ड युनाइटेडका ब्राएन डिनले युनाइटेडविरुद्ध गोल गर्दै प्रिमियर लिगको पहिलो गोल आफ्नो नाममा लेखाएका थिए ।
जितसँगै म्यानचेस्टर युनाइटेड लिगको छैटौ स्थानमा उक्लिएको छ  । जितसंगौ युनाइटेडले ११  खेलबाट १८ अंक जोडेको छ । पराजित स्वान्सी ५ अंकका साथ १९ औ स्थानमा छ । ११ खेलबाट २६ अंक जोडेको लिभरपुल लिगको शिर्ष स्थानमा छ   ।
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro