खेल
काठमाडौँ । वाटफोर्डलाई फराकिलो अन्तरले पराजित गर्दै लिभरपुल इन्ग्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा वाटफोर्डलाई ६–१ गोल अन्तरले पराजित गर्दै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो मानेले २ गोल गरे । यस्तै फिलिप काउटिन्हो, इम्रे कान, रोबर्टो फिर्मिनो र जर्जि्निओ विजनाल्डमलले समान १ – १ गोल गरे । वाटफोर्डका डाएल जानमतले सान्त्वना एक गोल फर्काए ।
एनफिल्डमा लिभरपुलले दुवै हाफमा ३ – ३ गोल गर्यो । खेलमा लिभरपुलले २७ औ मिनेटमा मानेको गोलबाट अग्रता लिएको थियो । ३० औ मिनेटमा काउटिन्होले लिभरपुलको अग्रता दोब्बर बनाए । त्यसपछि ४३ औ मिनेटमा कानले एक गोल गरेपछि लिभरपुल पहिलो हाफमा ३ – ० ले अघि रह्यो ।
दोस्रो हाफमा पनि लिभरपुलले गोलको क्रम जारी राख्यो । खेलको ५७ औ मिनेटमा फिर्मिनोले लिभरपुलको लागि चौथो गोल गरे भने ६० औ मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल पुरा गरे । ६० मिनेटसम्म ५ गोलले पछि परेको वाटफोर्डका डाएल जानमतले ५७ औ मिनेटमा एक गोल फर्काए । तर, खेलको ९० औ मिनेटमा विजनाल्डमलले थप एक गोल गरेपछि लिभरपुल फराकिलो अन्तरले विजयी भयो ।
यो जितसंगै लिभरपुललको ११ खेलबाट २६ अंक जोड्न सफल भयो । र, चेल्सीलाई पछि पार्दै लिभरपुल लिगको शिर्ष स्थानमा उक्लिएको हो । समान खेलबाट २५ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छ । तेस्रो स्थानको म्यानचेस्टर सिटीको २४ अंक छ ।
यता, इन्ग्लिश प्रिमियर लिग अन्तर्गत आइतबार राती चौथो स्थानको आर्सनल टोटनह्यामसंग बराबरीमा रोकिएको छ । आर्सनलले घरेलु मैदानमा टोटनह्यामसँग १ – १ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
इमिरेट्स स्टेडियममा टोटनह्यामका केभिन विमरको आत्मघाती गोलमार्फत आर्सनलले ४२ औ मिनेटमा अग्रता लिएको थियो । तर, दोस्रो हाफको ५१ औ मिनेटमा पाएको पेनाल्टीमा ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
टोटनह्यामसंग बराबरीमा रोकिएको आर्सनलले २४ अंक जोडेको छ । आर्सनलसंगको बराबरीसँगै टोटनह्यामले यस सिजन अपराजित यात्रा कायम राखेको छ । र, २१ अंक जोडेर लिगको पाचौ स्थानमा यथावत रहेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३ १२:०२
प्रतिक्रिया दिनुहोस्