site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रिष्टियानो रोनाल्डो सन् २०२१ सम्म रियल मड्रिडमै रहने
एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डो रियल मड्रिड मै रहने भएका छन् । स्पेनिस जाइन्ट रियलसँग करार सम्झौता नसकिँदै नयाँ सम्झौता गर्न राजी भएपछि रोनाल्डो अझै पाँच बर्ष रियल मै रहने भएका हुन् ।
सन् २००९ मा कीर्तिमानी मूल्यमा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड गएका रोनाल्डोको करार सम्झौता सन् २०१८ मा सकिँदैछ । तर, करार सम्झौता सकिन दुई वर्ष बाँकी छँदै रियल मड्रिडले रोनाल्डोसँग नयाँ सम्झौता गर्न सहमत भएको बेलायती अनलाइन दि सनले जनाएको छ । नयाँ सम्झौतापछि रोनाल्डो सन् २०२१ सम्म रियल मै रहने छन् । 
३१ बर्षीय रोनाल्डो र रियलमड्रिडबीच नयाँ सम्झौतामा मंगलबार हस्ताक्षर हुने सनले जनाएको छ । रियल मड्रिडसँगको नयाँ सम्झौतापछि रोनाल्डोसबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडीको रुपमा रहने समाचारमा उल्लेख छ । रोनाल्डोले रियल मड्रिडबाट प्रतिवर्ष २१ मिलियन युरो पारिश्रमिक पाउने गरेका छन् । 
फिफा बर्ष खेलाडी बन्दै ३ पटक ‘बलोन डी ओर’ जितिसकेका रोनाल्डोले गत सिजन रियललाई च्याम्पियन्स लिग फुटबलको उपाधि जिताएका थिए । रोनाल्डोले सन् २००८ , २०१३ र २०१४ मा ‘बलोन डी ओर’ को उपाधि जितेका थिए । त्यस्तै रोनाल्डोले फ्रान्समा सम्पन्न युरोकप फुटबलको उपाधि पोर्चुगलले जित्दा रोनाल्डो नायकका रुपमा स्थापित भएका थिए । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro