site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । विभिन्न ७ जलविद्युत कम्पनीले साढे ५७ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी गरेका छन् । 

७ कम्पनीले ५७ करोड ५३ लाख ५६ हजार रुपैयाँ बराबरको ५७ लाख ५३ हजार ५६० कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डले स्वीकृति दिन बाँकी छ । सेयर निश्कासनका लागि बोर्डमा निवेदन दिनेमा दोर्दीखोला आयोजनाको प्रवद्र्धक हिमालय पावर पाटर्नस लिमिटेड, आँखुखोला आयोजनाको प्रवद्र्धक आँखुखोला जलविद्युत कम्पनी लिमिटेड छन् ।
यस्तै छ्यान्दी आयोजनाको प्रवद्र्धक छयान्दी हाइड्रोपावर लिमिटेड, मैलुङ आयोजनाको प्रवद्र्धक मैलुङखोला जलविद्युत कम्पनी लिमिटेड, गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेड, राधि विद्युत कम्पनी लिमिटेड र सिनर्जी पावर डेभलपमेन्ट कम्पनी रहेका छन् । सबै आयोजनाले प्रभावित स्थानियबासिन्दालाई सेयर दिने तयारी गरेका छन् । 
स्थानियबासिन्दालाई १० प्रतिशतसम्म सेयर लगानी दिनुपर्ने वाध्यकारी अवस्था आएपछि जलविद्युत कम्पनीले धमाधम स्थानियाबासिन्दाका लागि सेयर निश्कास गर्न लागेका हुन् । स्थानियबासिन्दालाई निश्कासन गरेपछि सर्वसाधारणका लागि आईपीओ निश्कासन गर्ने छन् । 
बोर्डले युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, अरुण कावेली पावर लिमिटेड र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडलाई ४४ करोड १० लाख रुपैयाँ बराबरको सेयर निश्कासन गर्ने बताएका छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro