site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । गत आर्थिक वर्ष ०७२÷०७४ मा बैंक तथा वित्तीय संस्था, बिमा र एउटा व्यापारिक गरी २९ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । 
२९ कम्पनीको ३ अर्ब १२ करोड ४१ लाख रुपैयाँ रुपैयाँबराबरको ३ करोड १२ लाख ४१ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको हो । गत आवमा भक्तपुर फाइनान्स लिमिटेडको साढे ५ प्रतिशतदेखि नागरिक लगानी कोषको ३५ प्रतिशतसम्म बोनस सेयर सूचीकृत भएको धितोपत्र बोर्डले जनाएको छ । 
गत आवमा बोनस सेयर निष्कासन गर्नेमा कृषि विकास बैंक, माछापुच्छे« बैंक, गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, काँक्रेबिहार विकास बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, सगरमाथा फाइनान्स लिमिटेड, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, नमस्ते वित्तीय संस्था लिमिटेड र आईसीएफसी फाइनान्स लिमिटेड छन् ।
बोनस सेयर सूचीकृत भएका अन्य कम्पनीमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, कालिन्चोक डेभलपमेन्ट बैंक, मिसन डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रोफेसनल दियालो विकास बैंक, लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी लिमिटेड, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, रिलायन्स लोटस फाइनान्स कम्पनी लिमिटेड छन् ।
त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंक, राप्ति विकास बैंक, रिलायबल डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, भार्गभ विकास बैंक, महाकाली डेभलपमेन्ट बैक, बागमती डेभलपमेन्ट बैंक, भक्तपुर फाइनान्स र नागरिक लगानी कोष रहेको बोर्डले जनाएको छ । 
आउँदो असारसम्ममा चुक्तापुँजी बढाउनुपर्ने भएपछि अधिकांश बैंक तथा वित्तीय संस्थाले गत आवमा गरेको नाफाबाट धमाधम बोनस सेयर जारी गरिरहेका छन् । कतिपयले जारी गरिसके भने केहीले जारीको क्रममा छन् ।  यो वर्ष बोनस सेयरको संख्या धेरै बढ्ने भएको छ । नेपाल राष्ट्र बैंक आउँदो असारसम्म तोकिएको चुक्तापुँजी पु¥याउन बाध्यकारी प्रावधान लागु गरेपछि यो वर्ष लगानीकर्ताले बोनस सेयरमात्र पाउनेछन् । यो वर्ष कर प्रयोजनका लागि मात्र बैंक तथा वित्तीय संस्थाले ज्यादै न्यून अर्थात् १ प्रतिशत हाराहारीमा मात्र नगद लाभांश दिने भएका छन् । 
कतिपय बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी बढाउन भन्दै २५ प्रतिशतसम्म बोनस सेयर र १ प्रतिशतमात्र नगद लाभांशको घोषणा गरेका छन् । पुँजी बढाउन बैंक तथा वित्तीय संस्थाले बोनस सेयरका अतिरिक्त हकप्रद र थप सेयर (एफपीओ) समेत जारी गर्दैछन् । बुटबल पावर कम्पनीलगायत कही जलविद्युत कम्पनीले नयाँ आयोजना बनाउन थप सेयर र हकप्रद सेयर निष्कासनको तयारी गरेका छन् । 
चालु आवमा बोनस, हकप्रद र एफपीओको बाढी आउने भएको छ । सानिमा बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंकलगायत अन्य विकास बैंक तथा वित्त कम्पनीहरुले धमाधम बोनस सेयर घोषणा गर्न थालेका छन् । पुँजी बढाउन जनता बैंकले २ सेयर बराबर १ सेयर अनुपातमा हकप्रद सेयर निष्कासनको घोषणा गरिसकेको छ । यस्तै प्राइम बैंकको सञ्चालक समितिले समेत पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष सार्वजनिक गरेको मौद्रिक नीतिमा आउँदो असारसम्म वाणिज्य बैंकले ८ अर्ब, राष्ट्रिय स्तरको विकास बैंकले साढे २ अर्ब लगायत अन्य क्षेत्रियस्तरको विकास बैंक, वित्त कम्पनीले पनि सोही अनुसार चुक्तापुँजी बढाउनुपर्ने भनेपछि बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई धमाधम बोनस सेयर र हकप्रद सेयर घोषणा गरेका हुन् । आउँदो ४ महिनाभित्र बैंक तथा वित्तीय संस्थाले ३० अर्ब रुपैयाँ बढीको एफपीओ र हकप्रद सेयर निष्कासन गर्ने भएपछि यसको असर दोस्रो सेयर बजारमा पर्ने अनुमान गरिएको छ । यस्तै एफपीओ र हकप्रदले बजारमा सेयरको आपूर्ति बढाउने भएपछि सेयरको भाउमा गिरावट आउने अनुमान लगानीकर्ताको छ ।
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro