site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एएफसी सोलिडारिटी कपः टिमोर लिस्टेविरुद्ध नेपाली टोली तयार
काठमाडौं । एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जित्ने लक्ष्यका साथ मलेसिया पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले शनिबार टिमोर लिस्टेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । 
नेपाल र टिमोर लिस्टेबीचको खेलमा मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा नेपाली समय अनुसार ५ बजेर १५ मिनेटमा सुरु हुनेछ । नेपाली टोलीको लक्ष्य तुलनात्मक रुपमा कमजोर टोली टिमोर लिस्टेलाई पराजित गर्दै उपाधि होड कायम गर्ने रहेको छ । जसका लागि नेपाली टोली तयार रहेको मुख्य प्रशिक्षक गोटुकु कोजीले बताएका छन् । मुख्य प्रशिक्षक कोजी मलेसियाको मौषमको कारण केहि चिन्तित छन् ।
“हामी खेलका लागि तयार छौं । भोलिको मौसम अनुसार हामी रणनीति बनाउनेछौं,” कोजीले टिमोर लिस्टेविरुद्धको खेलअघिको पत्रकार सम्मेलनमा भने, “त्यसैगरी खेलाडीलाई खेल्न भन्नेछौं ।” मलेसियामा बर्षा भैरहेकोले भिजेको मैदानमा खेल्न गार्हो हुने भन्दै नेपाली टिम पनि त्यही अनुसार बनाउने प्रशिक्षक कोजीको भनाइ छ ।
नेपालले टिमोर लिस्टेविरुद्ध यो तेस्रो पटक खेल्न लागेको हो । नेपालभन्दा कमजोर टोली टिमोर लिस्टेलाई नेपालले यसअघि दुई पटक पराजित गरिसकेको छ । नेपालले यसअघि टिमोर लिस्टेलाई सन् २०११ मा भएको दुई खेलमा पराजित गरेको थियो । सन् २०१४ को विश्वकप छनौटका लागि दशरथ रंगशालामा भएको खेलमा नेपालले पहिलो लेग २–१ र दोस्रो लेग ५–० ले जितेको थियो । 
तर, प्रशिक्षक कोजी शनिबारको खेलमा उनीहरुलाई कमजोर नआक्ने बताउँछन् । टिमोर लिस्टे पहिलो खेलमा ब्रुनाइसँग ४–० ले पराजित भएपनि उक्त खेल टिमोर लिस्टेको असली खेल नभएको प्रशिक्षक कोजीको बुझाइ छ । “हामीले ब्रुनाइसँग टिमोर लिस्टेको प्राकृतिक खेल हेर्न पाएनौं । हामी त्यसमा अभागी रह्यौ,“ कोजीले थपे, “उनीहरु यसअघि नै पराजित भैसकेका छन् । तरपनि हामीले राम्रो तयारी गरेका छौं ।”
यता, टिमोरका प्रशिक्षक फाबियो डा. सिल्भाले नेपाल बलियो प्रतिद्वन्दी भएपनि आफूहरु जितको लागि खेल्ने बताएका छन् । सिल्भाले भने, “हाम्रो लागि नेपाल बलियो प्रतिद्धन्दी हो तर, हामी जित्न खेल्नेछौं ।” तर, सिल्भाले बर्षाको कारण आफ्ना खेलाडीले खेल्न नसकेकोमा आफू चिन्तित रहेको बताए । 
अनिल गुरुङको कप्तानीमा मैदान उत्रने नेपाली टोलीले समूह चरणको अन्तिम खेल ब्रुनाईसँग कात्तिक २३ मा खेल्नेछ । लिग कम नकाउटका आधारमा हुने प्रतियोगितामा दुई समूहको बिजेता र उपबिजेताले सेमिफाइनलमा स्थान बनाउने छन् । एएफसी च्यालेन्ज कप आयोजना हुन छोडेपछि एएफसीले त्यसको विकल्पको रुपमा एएफसी सोलिडारिटी कप आयोजना गरेको हो । एएफसीले सन् २०१८ को विश्वकप र २०१९ को एसियन कप छनोटबाट बाहिरिइसकेका टोलीलाई प्रतियोगितामा सहभागी गराएको हो ।
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७३  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro