site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कास्मिर हमलामा मारिनेको संख्या २८ पुग्यो, साउदीको भ्रमण छोट्याएर फर्किए मोदी 
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतको कास्मिरको पहलगामस्थित बैसारन उपत्यकामा भारतीय पर्यटकमाथि भएको हमलामा मृत्यु हुनेको  संख्या २८ पुगेको छ । 

टाइम्स अफ इन्डियाका अनुसार उक्त हमला पहलगामबाट ५ किलोमिटर टाढा बैसारन उपत्यकामा भएको बताइएको छ । जम्मू र कास्मिर प्रहरीका निरीक्षक महानिर्देशक विदीकुमार बिर्डीले बीबीसी हिन्दीलाई बताएअनुसार हमला भएको क्षेत्रसम्म प्रहरी अझै पुग्न सकेको छैन । 

यो हमलाबारे अहिलेसम्म कुनै समूहले पनि जिम्मा लिएको छैन । 

भारतको गुजरातबाट आएका एक प्रत्यक्षदर्शी पर्यटकले बताए अनुसार अचानक भएको हमलापछि आतंक मच्चिएको थियो । 

हमलापछि साउदी अरबको यात्रा छोट्याएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार राति नै स्वेदेश फर्किएको टाइम्स अफ  इन्डियाले जनाएको छ । पूर्वनिर्धारित समयअनुसार उनी बुधबार रातिमात्र फर्किने योजना थियो ।

कास्मिर हमलापछि मोदीले दोषीलाई कानुनको दायरामा ल्याइने बताउँदै आतंकवादविरुद्ध आफू अडिग रहेको दोहोर्‍याएका छन् । 

यसअघि आक्रमण लगत्तै भारतका गृहमन्त्री अमित शाहले मंगलबार आपतकालीन सुरक्षा बैठक गर्न कास्मिरको श्रीनगर पुगेका थिए । 

उक्त हमलाको घटनालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली युनियनकी प्रमुख उर्सुला भोन डर लेयेनलगायत विश्वभरका नेताहरूले निन्दा गरेका छन् ।

सामाजिक संजालमा पोस्ट गर्दे ट्रम्पले कास्मिरबाट अत्यन्त चिन्ताजनक खबर आएको र आतंकवादविरुद्धको लडाइँमा अमेरिका भारतको साथ उभिएको बताएका छन् । 

युरोपेली युनियनकी प्रमुख भोन डर लेयेनले यसलाई निकृष्ट आतंकवादी हमला भनेकी छिन् । रूसी राष्ट्रपति पुटिनले यसलाई क्रुर अपराध भन्दै शोक सन्देश पठाएको बीबीसीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro