site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अल्ट्रा धाविका मिरा नेसनल ज्योग्राफिकको वर्षकै साहासी व्यक्तिको मनोनयनमा
काठमाडौं । नेपाली अल्ट्रा धाविका मिरा राई टेलीभिजन च्यानल नेसनल ज्योग्राफिकले दिने  ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) अवार्डको मनोयनमा परेकी छन् । नेसनल ज्योग्राफिकले शुक्रबार सार्वजनिक  गरेको वर्षकै साहसिक व्यक्तिहरूको १० जनाको सूचीमा धाविका राई परेकी हुन् ।
यस च्यानलले यो प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनोट गर्छ । छनोटमा परेका व्यक्तिलाई नेसनल ज्योग्राफिकको वेबसाइटमार्फत् भोटिङको व्यवस्था गरिन्छ । ज्योग्राफिकले सर्वाधिक भोट ल्याउने एक जनालाई वर्षको साहसिक व्यक्ति घोषणा गर्ने गर्छ । 
माओवादीका पूर्व लडाकुसमेत रहेकी धाविका मिराले गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व अल्ट्रा म्याराथनको उपाधि जितेकी थिइन् । पूर्व च्याम्पियनलाई पराजित गर्दै उपाधि जित्ने क्रममा मिराले १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । यस्तै मिराले हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथनको उपाधि हात पारेकी थिइन् । त्यस्तै, ४५ किलोमिटरको स्काई रनिङ वल्र्ड सिरिजमा मिरा नर्वेकी पूर्व च्याम्पियन इमेलिई फोर्सवर्गभन्दा केही समयले पछि पर्दै दोस्रो स्थानमा परेकी थिइन्।
पूर्वी नेपालको भोजपुर दुङमामा जन्मिएकी मिरा  १४ वर्षको उमेरमा नै माओवादीको ‘जनयुद्ध’मा सामेल भएकी थिइन्। उनले माओवादी लडाकुका रूपमा दुई वर्ष युद्ध लडेकी थिइन् । तर, माओवादी शान्ति प्रक्रियामा आएपछिको सेना समायोजन क्रममा अयोग्य भएपछि मिरा खेल जीवनमा प्रवेश गरेकी थिइन् ।
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro